– पाठ्यक्रम उत्कृष्ट छ, उत्पादित जनशक्तिले देश बिदेशमा काम पाँउछन् ।
– गत वर्षको ब्याचदेखि ४० प्रतिशत आन्तरिक परीक्षा अर्थात् अभ्यासगत सिकाइ र ६० प्रतिशतमात्र बाह्य परीक्षा मार्फत जाँच हुने व्यवस्था गरिएको छ ।
– आठौं सेमिष्टरमा तीन महिनाको अनिवार्य इण्टर्नसिपको व्यवस्थाले पढाइ सकिनासाथ काम गर्न सक्षम हुनेगरी व्यवस्था गरिएको छ ।
– वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशित गरी लागू गरिएको छ ।
– जसलाई भोलि गएर जनशक्ति आवश्यक पर्ने हो, रोजगारदातालाई समाबेश गरी वहाँहरुको भ्यूलाई समेत पाठ्यक्रममा समेटिएको छ ।
– लगभग लाइनमा आइसकेको शैक्षिक क्यालेन्डर कोभिड पछि फेरि थोरै ढिला भएको छ । तर पनि ४ बर्षको कोर्ष ४ बर्षमै पूरा गराउन परीक्षा व्यवस्थापन कार्यालय लागिपरेको छ ।
– यसपटकको पांचौ सेमिष्टरको रिजल्ट ६ महिना भित्रै भएको छ, आठौं सेमिष्टरको रिजल्ट काउन्सिलको परीक्षा अगावै गरिसक्ने योजना छ । त्यसपछि दशै अघिनै दोस्रो सेमिष्टरको रिजल्ट निकाल्ने योजना छ ।
– सातौं सेमिष्टरको चान्स एक्जाम सम्पन्न भएको छ, यसको रिजल्ट पनि समयमै निस्कदै छ ।
– पुराना विद्यार्थीहरुको मागलाई ध्यानमा राखी Golden Chance Exam पनि एक दुई महिना भित्रै गरिने जानकारी प्राप्त भएको छ ।
– अबका रिजल्टहरु ९० दिनभित्रै प्रकाशित गरिसक्नेगरी व्यवस्थापन गरिएको छ ।
– जाँच को फाराम भर्दा म्यानुअल हटाइ अनलाइन फाराम भर्न सम्झौता भएको छ, दुई महिना पछि देखि यो व्यवस्था लागू हुनेछ ।
– Entrance मा सहजीकरण गर्ने उद्वेश्यले कुनै पनि बिषयमा Aggregate C भए हुने व्यवस्था गरिएको छ ।
– हरेक बर्ष नियमित रुपमा दिक्षान्त समारोह भैरहेको छ । पछिल्लो समयमा व्यापक सुधार भएको छ तर सुधारको गुन्जायस जहिलेपनि रहन्छ नै । सुधार गर्ने प्रतिवद्वता व्यक्त गर्नुहुने आदरणीय उपकुलपतिज्यू, रजिस्ट्रारज्यू, डीनज्यूहरु, परीक्षा नियन्त्रकज्यू लगायत परीक्षा व्यवस्थापन कार्यालय लगायतका सम्पूर्ण कर्मचारीहरु मित्रहरूमा सबैले धन्यवाद दिनैपर्छ ।
किन हिलसाइड कलेज अफ इन्जिनियरिङमा Civil र Electrical Engineering पढ्ने ?
– हिलसाइड कलेज अफ इन्जिनियरिङमा अध्यापन गराउने फ्याकल्टीहरु कम्तीमा Master Degree गरेका अनुभवी हुनुहुन्छ ।
– हिलसाइड कलेज अफ इन्जिनियरिङको प्रयोगशाला (Labrotary) आधुनिक तथा पर्याप्त छ ।
– हिलसाइड कलेज अफ इन्जिनियरिङले Micro syllabus बनाएको छ, Lesson Plan अनुसार पढाइ हुने व्यवस्था मिलाएको छ ।
– हिलसाइड कलेज अफ इन्जिनियरिङले आफ्नो लाइब्रेरीसंगै केन्द्रीय पुस्तकालय लगायत अनलाइन लिंकेज बनाएको छ ।
– हिलसाइड कलेज अफ इन्जिनियरिङमा बिहानको कक्षा संचालन हुने, शनिबार पनि कलेज लाग्ने भएकोले काम गर्दै अध्ययन गर्दा पनि कोर्ष कभर गर्न सजिलो छ ।
– हिलसाइड कलेज अफ इन्जिनियरिङले Field visit गराउने, विद्यार्थीबाट Report बनाउन लगाएर SMART BOARD बाट प्रस्तुतिकरण गराउने गरेको छ ।
– हिलसाइड कलेज अफ इन्जिनियरिङको उच्च व्यवस्थापनको सरकारी, गैह्र सरकारी तथा निजी क्षेत्रमा सम्बन्ध/सम्पर्क रहेको हुनाले आठौं सेमिष्टरमा Internship गर्न कलेजले सहजीकरण गरिदिन सक्नेछ ।
– हिलसाइड कलेज अफ इन्जिनियरिङले Civil Engineering अन्तर्गत MSc. In Construction Management र Electrical Engineering अन्तर्गत MSc. in Electrical Power Engineering का कार्यक्रमहरु यसै शैक्षिक सत्रदेखि संचालन गरेको छ ।
लेखक: गोपीकृष्ण न्यौपाने, सदस्य, इन्जिनियरिङ विद्यापरिषद, पूर्वान्चल विश्वविद्यालय तथा मेनेजिङ्ग डाइरेक्टर, हिलसाइड कलेज अफ इन्जिनियरिङ
