सन्दीप लामिछाने भोलि पाकिस्तान जाँदै, अर्को पेशी २१ गते

काठमाडौँ, १० भदौ । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् ।

आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ ।

नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् । यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक