जिम्बाब्वेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा निर्वाचित

एजेन्सी, १० भदौ । जिम्बाब्वेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी पाँच वर्षको दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएको जिम्बाब्वे निर्वाचन आयोग (जेडइसी) ले शनिवार घोषणा गरेको हो । 

जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३—२४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गरेको जानकारी दिइन् । उनले भनिन्, ‘जानुपिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोले २३ लाख ५० हजार ७११ मत प्राप्त गर्नुभएको छ । जुन राष्ट्रपतिमा खसेको वैध मतको आधा भन्दा बढी हो । त्यसैले ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागू हुने गरी जिम्बाब्वे गणतन्त्रको विधिवत् राष्ट्रपति घोषित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ