अमेरिकामा तीन अश्वेत व्यक्तिको गोली हानेर हत्या

एजेन्सी, १० भदौ । अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन अश्वेत व्यक्तिको गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फ्लोरिडाको एक पसलमा एक मुखौटा लगाएका गोरा व्यक्तिले जातीय उत्प्रेरित आक्रमणमा तीन काला जातीका व्यक्तिहरूलाई गोली हानेका हुन् ।

ज्याक्सनभिलको शेरिफको कार्यालयका अनुसार २० वर्षको रहेको तर अहिलेसम्म नाम नखुलेको व्यक्तिले आक्रमण शैलीको राइफल र ह्यान्डगन लिएर डलर जनरल आउटलेटमा प्रवेश गरेका थिए ।

उनले तीन काला ग्राहक दुई पुरुष र एक महिलालाई गोली हानेर मारेको बताइएको छ । गोली चलाउने क्रममा प्रहरीसँग झडप पनि भएको थियो । प्रहरीसँगको झडपपछि उनले आफैँलाई समेत गोली हाने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका