‘महाजात्रा’ चैत ९ मा प्रदर्शन हुने

काठमाडौँ, ९ भदौ । चर्चित फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को प्रदर्शन आगामी चैत ९ गते हुने भएको छ ।

निर्माता कम्पनी षट्कोण आर्ट्सले शनिबार टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो । प्रदीप भट्टराईको पटकथा तथा निर्देशन रहने यो फिल्मलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् । कार्यकारी निर्माताको रुपमा रविन्द्रसिंह बानियाँ हुनेछन् ।

यो फिल्मसँग अभिनेता हरिवंश आचार्य पनि जोडिएका छन् । यसबाहेक ‘महाजात्रा’मा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत पनि शीर्ष भूमिकामा निरन्तर हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज