कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको रुझान व्यवस्थापनतर्फ

काठमाडौँ, ९ भदौ । विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ । विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन् । पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ । 

भलै हाम्रो देश कृषि प्रधान हो तर अचेल कृषि विषय पढ्न चाहनेको संख्या निकै न्यून रहेको विश्वविद्यालय अनुदान आयोगको तथ्याँकले देखाएको छ । एक दशक अघिसम्म कक्षा १२ पास गरेकामध्ये अधिकले शिक्षा शास्त्र अध्ययन गर्थे तर अहिले त्यस्तो छैन । सरकारले प्राविधिक शिक्षामा जोड दिने नीति लिए पनि उच्च शिक्षातर्फ यो विषय पढ्ने विद्यार्थीको रुचि खासै देखिँदैन । 

प्राविधिक शिक्षातर्फका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना प्रतिशत २२.१८ मात्र रहेको विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विगतका केही दशकमा मानविकी तथा सामाजिक संकायतर्फका विषयमा विद्यार्थीको रुझान बढी थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः