नेपाली महिला क्रिकेट टोली फाइनलमा

काठमाडौँ, ८ भदौ । मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाली टोली पराजित भएको छ । घरेलु टोली मलेसियाले शुक्रबार नेपाललाई ६ विकेटले हराएको हो । 

तेस्रो खेलमा पराजित भए पनि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ ।  यसअघि नेपाल आफ्नो पहिलो र दोस्रो खेलमा विजयी भएको थियो । नेपालले पहिलो खेलमा गत मंगलबार हङ्कङलाई ६ विकेटले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको थियो । नेपाललाई हराए पनि मलेसिया फाइनलमा पुग्न सकेन । प्रतियोगिताको फाइनलमा नेपालले हङ्कङको सामना गर्नेछ ।

यो शृंखला सकिएपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका