झण्डै ३ वर्षपछि ट्रम्पको पहिलो ट्विट

एजेन्सी, ८ भदौ । अमेरिकी पूर्व राष्ट्रपति एवम् रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले झण्डै तीन वर्षपछि ट्विट गरेका छन् । सामाजिक सञ्जाल एक्स (जसलाई पहिले ट्विटरको नामले चिनिन्थ्यो) मा उनले ट्विट गरेका हुन् । मगशट भनिने प्रहरी रेकर्डमा राखिने तस्बिर सार्वजनिक गर्दै उनले ट्विट गरेका हुन् ।

तस्बिरसँगै उनले आफ्नो वेबसाइटको जानकारी पनि राखेका छन् । उनले सञ्चालन गर्ने अभियानका लागि यो वेबसाइटमार्फत् रकम सङ्कलन गरिने छ । यसअघि ट्रम्पले सन् २०२१ को जनवरी ८ तारिखमा ट्विट गरेका थिए । त्यसपछि अहिले पहिलो पटक ट्विट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका