ब्रिक्समा थप ६ नयाँ सदस्य राष्ट्र थपिएको घोषणा

काठमाडौँ, ७ भदौ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्समा थप ६ नयाँ सदस्य राष्ट्र थपिएको घोषणा गरेका छन् ।

यस वर्षको ब्रिक्स शिखर सम्मेलन आयोजक दक्षिण अफ्रिकाले सम्मेलनको अन्तिम दिन बिहीबार यस्तो घोषणा गरेको हो ।विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र चीन, ब्राजिल, दक्षिण अफ्रिका, रूस र भारतबीचको संगठनमा अब ६ देश थपिएका हुन् ।

सन् २०२४ को जनवरी १ देखि पहिलो चरणमा साउदी अरेबिया, इरान, अर्जेन्टिना, इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्स (यूएई) ब्रिक्सको सदस्य बन्ने भएका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले यो सदस्यता विस्तार ऐतिहासिक भएको भनेका छन् । यस्तै, इथियोपियाका प्रधानमन्त्री अबी अहमदले आफ्नो देशको लागि यो उत्कृष्ट क्षण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज