जापानले समुद्रमा मिसाउन थाल्यो रेडियोधर्मी पानी 

एजेन्सी, ७ भदौ । जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रको रेडियोधर्मी (रेडियोएक्टिभ) पानी बिहीबार (आज)देखि समुद्रमा विर्सजन गर्न थालेको छ ।

सन् २०११ मार्च ११ मा आएको भूकम्प र सुनामीले विनाश भएको सो ऊर्जा केन्द्रको रेडियोधर्मी पानीलाई प्रशोधन गरेर जापानले समुद्रमा मिसाउन सुरु गरेको हो । स्थानीय समयानुसार दिउँसो १ बजे टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले मौसम र समुद्री अवस्था उपयुक्त भएको घोषणा गर्दै प्रशान्त महासागरमा रेडियोएक्टिभ पानी मिसाउन थालेको हो ।

सुनामीका कारण न्युक्लियर (आणविक) भत्कँदा यी रिएक्टरलाई चिसो पार्न प्रयोग गरिएको पानीमा रेडियोधर्मी पदार्थ मिसिएको थियो । उक्त १० लाख मेट्रिकटन पानी एक हजारभन्दा बढी ट्यांकहरूमा भण्डारण गरिएको थियो । भत्किएको यो प्लान्ट अझै जोखिमपूर्ण अवस्थामा छ । प्लान्टको भग्नावशेष हटाउन र सो पानी विर्सजन गरिसक्न ४० वर्ष लाग्नेछ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का अधिकारीले यो योजनालाई पूर्ण रूपमा अनुगमन गरिराख्ने र जलचरमा पर्ने असरको अध्ययन गर्ने बताइएको छ । विभिन्न देशले जापानको यो कदमको विरोध गरेका छन् । बुधबार राति दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले मैनबत्ती प्रज्वलन गर्दै यसको विरोध गरेको छ । अलजजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय