दीपाको जन्मदिनमा दीपकले भने, ‘मेरो जिन्दगीको उत्कृष्ट साथी’

काठमाडौँ, ७ भदौ । अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी बताएका छन् । 

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गर्दै सो कुरा बताएका हुन् । 

उनले दीपाश्रीका लागि लेखेको कविता:

यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!

बोल्ने त परै जाओस हेर्दा पनि हेर्दिन !

आज भन्दा क़रीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ …

जसरी हामी किताबको कभर हेरेकै भरमा

पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै

तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !

तर मलाइ थाहा थिएन यो त्यहि केटी हो

जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!

ज़िन्दगीको खेलमा आफू हार्छे

तर अरूलाइ जीताउछे !!

म प्रतिको तिम्रो योगदानलाइ त

सिर्फ़ एक शब्दमा बुनेको छू ,

चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !

कमजोरी पनि भनिदिन्छू ….

यॉहा हरेकको हातमा क्यालकुलेटर छ

कॉहा फाइदा , कॉहा बेफाइदा ,

कॉहा ज़ोर छ ,कॉहा बिजोर छ

दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,

त्यसैले तिम्रो हिसाब कमजोर छ ….

मेरो ज़िन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना……

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय