काठमाडौँ, ५ भदौ । अमेरिकी इन्टरनेट कम्पनी ओक्लाले सार्वजनिक गरेको इन्टरनेट स्पिड सूचकांकमा नेपाल ८२औँ स्थानमा रहेको छ ।
१८२ देश तथा क्षेत्रको ब्रोडब्यान्ड इन्टरनेट स्पिडको सूचीमा ओक्लाको स्पिडटेस्टले नेपाललाई ८२औँ स्थानमा राखेको हो । ओक्लाका अनुसार नेपालको ब्रोडब्यान्ड इन्टरनेको डाउनलोड स्पिड ५५.५७ एमबीपीएस र अपलोड स्पिड ५०.०३ एमबीपीएस रहेको छ । इन्टरनेट लेटेन्सी (ढिलो चल्ने वा सुस्तता) भने ५ मिलिसेकेन्ड छ ।
ब्रोडब्यान्ड इन्टरनेको सूचीमा पहिलो नम्बरमा सिंगापुर रहेको छ । जसकाे इन्टरनेटको डाउनलोड स्पिड २४७.४४ एमबीपीएस रहेको छ भने अपलोड स्पिड २०५.७३ एमबीपीएस रहेको छ । चीन सातौँ स्थानमा छ । भारत नेपालभन्दा पछाडि ८५औँ स्थानमा छ ।