एउटै विद्यालयका सयजनामा आँखा पाक्ने समस्या

काठमाडौँ, ३० साउन । काठमाडौँ उपत्यकामा आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि डेढसय बढी विद्यालय बन्द गरिएको छ । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि सम्बन्धित पालिकाले विद्यालय बन्दको निर्णय गरेका हुन् ।

सोमबारसम्म १०० जना विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि काठमाडौँको टोखा नगरपालिका धापासीस्थित हेराल्ड इन्टरनेसनल मावि सोमबारदेखि तीनदिनका लागि बन्द गरिएको छ । तीनवटा विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । तीमध्ये हेराल्डमा ठूलो संख्यामा संक्रमित देखिएको टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल खुलालले जानकारी दिए । त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि नगरपालिकाभित्रका १७ सामुदायिक, १४३ निजी, १० धार्मिक तथा वैकल्पिक विद्यालय बन्द गरेको छ । ती विद्यालयमा ४० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको छ । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको महानगरले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले साउन सोमबार र मंगलबारका लागि १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द गरेको छ । विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाको खोकना क्षेत्रमा भाइरल कन्जन्टीभाइटीस् धेरै फैलिएको तर, विद्यालय बन्द गर्ने अवस्था भने नरहेको ललितपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए । ललितपुर महानगरपालिकाको खोकना क्षेत्रमा भाइरल कन्जन्टीभाइटीस् धेरै फैलिएको तर, विद्यालय बन्द गर्ने अवस्था भने नरहेको ललितपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए ।

ललितपुरकै महालक्ष्मी नगरपालिकाको युनाइटेड स्कुलमा आइतबारदेखि बन्द छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका