एउटै विद्यालयका सयजनामा आँखा पाक्ने समस्या

काठमाडौँ, ३० साउन । काठमाडौँ उपत्यकामा आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि डेढसय बढी विद्यालय बन्द गरिएको छ । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि सम्बन्धित पालिकाले विद्यालय बन्दको निर्णय गरेका हुन् ।

सोमबारसम्म १०० जना विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि काठमाडौँको टोखा नगरपालिका धापासीस्थित हेराल्ड इन्टरनेसनल मावि सोमबारदेखि तीनदिनका लागि बन्द गरिएको छ । तीनवटा विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । तीमध्ये हेराल्डमा ठूलो संख्यामा संक्रमित देखिएको टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल खुलालले जानकारी दिए । त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि नगरपालिकाभित्रका १७ सामुदायिक, १४३ निजी, १० धार्मिक तथा वैकल्पिक विद्यालय बन्द गरेको छ । ती विद्यालयमा ४० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको छ । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको महानगरले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले साउन सोमबार र मंगलबारका लागि १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द गरेको छ । विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाको खोकना क्षेत्रमा भाइरल कन्जन्टीभाइटीस् धेरै फैलिएको तर, विद्यालय बन्द गर्ने अवस्था भने नरहेको ललितपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए । ललितपुर महानगरपालिकाको खोकना क्षेत्रमा भाइरल कन्जन्टीभाइटीस् धेरै फैलिएको तर, विद्यालय बन्द गर्ने अवस्था भने नरहेको ललितपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए ।

ललितपुरकै महालक्ष्मी नगरपालिकाको युनाइटेड स्कुलमा आइतबारदेखि बन्द छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

एजेन्सी, १५ भदौ । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा आक्रमण गरेको छ। गत जुलाईको अन्त्यपछि इरानमाथि भएको

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

बर्दिबास, १५ भदौ । नेकपा (एमाले) मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको