एल्विश यादवले जिते बिग बस ओटिटी सिजन–२

काठमाडौँ, ३० साउन । बिग बस ओटिटी सिजन–२को उपाधि वाइल्ड कार्ड एन्ट्री एल्विश यादव जितेका छन् । यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धी थिए –एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट । 

सबैभन्दा पहिला पूजा भट्ट बाहिरिइन्, त्यसपछि बेबिका पनि विजेताको दौडबाट बाहिरिइन् । शीर्ष तीनको प्रतिस्पर्धा एल्विश, अभिषेक र मनिषा रानीबीच भयो । मनिषा रानी शीर्ष दुईमा पर्न सकिनन् । अन्तिम प्रतिस्पर्धा एल्विश र अभिषेक बीच भयो । र बाजी मारे एल्विशले । उनले ट्रफी र २५ लाख भारु इनाम पाए ।

एल्विश र अभिषेक दुवै चर्चित युट्युबर हुन् र सोसल मिडियामा यी दुईका प्रशंसक लाखौँको सङ्ख्यामा छन् । यसै कारण यो प्रतिस्पर्धामा एल्विशको लोकप्रियता अभिषेकमाथि भारी पर्‍यो । अभिषेक यो संस्करणको सुरुदेखि नै बिग बसको घरमा थिए ।

उनले थुप्रै पटक यसबारे कुरा पनि गरेका थिए । अभिषेकले आफू बिग बसको घरमा पहिलेदेखि नै भएकोले विजेताको हकदार आफू नै हुनुपर्ने भन्दै एल्विशसँग बहस पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १० फागुन । पोखरा कलेज अफ म्यानेजमेन्टबाट स्नातक तहमा दीक्षित विद्यार्थीहरुको ग्राजुएसन समारोह सम्पन्न भएको छ । समारोहमा बिबिए

काठमाडौँ, १० फागुन । राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ ।  व्यवस्थाको अन्त्य गर्न,

काठमाडौँ, १० फागुन । पूर्व प्रदेश सभा सदस्य एवम् आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्

नेपालगञ्ज, १० फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दैन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई