भारतको हिमाञ्चलमा पहिरोमा परी ५० को मृत्यु

एजेन्सी, ३० साउन । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । 

जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ, जसका कारण धेरै मुख्य सडकहरू बन्द भएका छन् भने कयौँ घरहरु भत्किएका छन् । मण्डीका उपायुक्त अरिन्दम चौधरीले जिल्लाका विभिन्न ठाउँमा वर्षाका कारण कम्तीमा १९ जनाको ज्यान गएको र धेरैको शव निकालिएको बताए । शिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशङ्का छ । साउन महिना भएकाले दुर्घटना हुँदा मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

शिमलामा दुई ठाउँमा पहिरो गएको र मन्दिर नजिकैको पहिरो तीमध्ये एउटा हो, शिमलामा भारी वर्षा भइरहेको अधिकारीहरूले बताएका छन् । मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताए । शिमलाका प्रहरी उपरीक्षक सञ्जीव कुमार गान्धीले फागली क्षेत्रमा दोस्रो पहिरो गएको र त्यहाँको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको र १७ जनालाई उद्धार गरिएको बताए। शिमलामा पहिरोका दुई घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मुख्यमन्त्री सुखविन्द सिंह सुखुले समर हिल क्षेत्रमा रहेको शिव मन्दिर र फागली क्षेत्रमा अर्को ठाउँमा पहिरो खसेको र भग्नावशेषबाट नौ जनाको शव निकालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा