विश्वकप फुटबलको सेमिफाइनलमा अष्ट्रेलिया

काठमाडौँ, २७ साउन । फ्रान्सलाई हराउँदै आयोजक अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

ब्रिस्बेनको सनकर्प स्टेडियममा भएको खेलमा पेनाल्टीमा फ्रान्सलाई  ७–६ गोलले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा ७–६ ले फ्रान्सलाई हरायो । खेलमा २० वटा पेनाल्टी प्रहार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका