“नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र सङ्घर्षका आयामहरू” लोकार्पण

काठमाडौँ, २६ साउन । सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका १२ जना आदिवासी अभियन्ताहरूको सङ्घर्ष समेटिएको तयार पारिएको पुस्तक लोकार्पण गरिएको छ ।

विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) ले आदिवासी अधिकारका लागि विभिन्न तहबाट योगदान पु¥याउनुभएका अभियन्ताको कामबारे वृस्तीत रूपमा खोज तथा अनुसन्धानमुलक सामग्रीसहित “नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र सङ्घर्षका आयामहरू” शीर्षकको पुस्तक लोकार्पण गरिएको हो ।

निडवानले प्रकाशित गरेको पुस्तकमा आदिवासी अभियन्ताहरू दिवंगत डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुव्वा र बम कुमारी बुढामगर, भद्र कुमारी घले, प्रतिमा गुरुङ, पूर्व राजदुत डा. गणेश योञ्जन, प्रतिनिभिसभाका सासद लालबीर चौधरी, अन्तरिम संविधान २०६३का मस्यौदाकार एवं अधिवक्ता शान्ति कुमारी राई, डा. केशवमान शाक्य, तृप्ता लुङ्गेली मगर, नन्द कन्दङ्वालगायतको जीवनी समेटिएको छ । सो अवसरमा उहाँहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा दिवंगत व्यक्तित्व डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुव्वालाई प्रदान गरिएको मरोणोपरान्त सम्मान भने उहाँहरुको परिवारको सदस्यलाई हस्तान्तरण गरिएको थियो । पुस्तकका लेखक पत्रकार कुमार यात्रुले निडवानको पहलमा आदिवासी अभियन्ताको जीवनीलाई लेख्ने क्रमको सुरूवात भएको र यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आदिवासी आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासीको प्रथा, सङ्घर्ष र उपलब्धीलाई पछिल्लो पुस्ताका लागि बताउन पुस्तकले सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष ङिमी शेर्पाले पुस्तक प्रकासन गरेर आदिवासी ज्ञान हस्तान्तरण, अभिलेखिकरणले निरन्तरता पाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । अज गोरखा

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा

काठमाडौँ, १४ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५