‘प्रचण्डको चार चतुर्याई र सरकार लम्ब्याउने नियती’

सञ्जिव कुमार झा

सत्ता स्वार्थको लागि चतुर्याई देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको लागि राजनीतिक अस्थिर खेलाडी बनेका छन् । नेपाली राजनीतिमा प्रचण्डका जब उदय भयो तब देशमा राजनीतिक रुपमा अनिष्ट शुरु भयो । चाहे १० वर्षे जनयद्ध होस् या वर्तमान अवस्थाको दुखद् नेपाली राजनीतिका खलनायक स्थापित बने प्रचण्ड । उनको राजनीतिक भनेको नै आफ्न्तवाद र आफ्नो स्वार्थको लागि जुनसुकै अस्त्र हान्ने । तर दुस्मनलाई हान्ने बन्दुकको गोलीले आफैलाई पनि हान्न सक्छ भन्ने कुनै पनि सोच उनीमा देखिएको छैन । उनको राजनीति भनेको नै स्वार्थको लागि ‘एक तीर, अनेकन निसाना’ हो ।

आफ्नो सरकार टिकाउन विभिन्न अस्त्रहरु एक पछि अर्को गर्दै हान्ने गरेको आम जनताले बुझिसके । यो अस्त्र आगामी २०८४ सम्मको निर्वाचन सम्म पनि टिक्छ कि टिक्दैन ? भन्ने गम्भीर प्रश्न बनिसकेको छ । सत्ता गठबन्धनमा नै प्रचण्डको नेतृत्वले मुलुकमा परिवर्तन सम्भव छैन भन्ने कुरा उठिसकेको छ । कुन दिन विष्फोट भई गठबन्धन चिरा चिरा हुनेछ । त्यसपछि उनको यात्रा सडकमा पुग्ने छ, त्यो पनि जनताको साथमा हैन, म यता छु भनेर पोस्टर बोकेर केही दर्जन माओवादीका नेतालाई बोकेर ।

उनका पछिल्लो समयका चार चतुर्याई

१. भुटानी शरणार्थी काण्डमा आरजु राणालाई हेराई काङ्ग्रेसलाई तर्साउने

नक्कली भुटानी शरणार्थी काण्डमा एमालेलाई घेरावन्दीमा पार्ने तथा आफ्नो सरकार टिकाउने रणनीतिमा प्रधानमन्त्री प्रचण्ड रहेको सामान्य रुपले बुझ्न सकिन्छ । सुरुवाती चरणमा एमालेलाई दवाव दिनको लागिमात्र भुटानी शरणार्थी काण्डको फाईल खोले जस्तो देखिन्थ्यो तर अनुसन्धानको क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाको श्रीमती आरजु राणा देउवा, मञ्जु खाँणलगायतको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भएसँगै अनुसन्धान रोकियो । कांग्रेसका वालकृष्ण खाँण, एमालेका टोपबहादुर रायमाझी पक्राउन परे । त्यसपछि त्यती मात्र हैन प्रचण्डले सोही काण्डले कांग्रेसलाई बार्गेनिङ गरिरहेको स्रोतले बताएको छ । आफ्नो नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएमा उक्त काण्डबाट आरजुलाई कारवाही गर्ने चेतावनी दिँदै सत्ताको आयु बढाउने गरेको पाइएको छ ।

२. ललिता निवास काण्डमा माधव नेपाललाई तर्साउने

बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा प्रत्यक्ष र अपत्यक्ष रुपमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल तथा बाबुराम भट्टराईको संलग्नता रहेको प्रष्ट छ । सो फाईल खोले जस्तो गरी माधव नेपाललाई समेत तर्साउने खेल प्रचण्डले अपनाएका छन् । जसले गर्दा माधव नेपाल अहिले भिरको चिण्डो, उभो न उँधो बनेका छन् । सरकारलाई दिएको समर्थ फिर्ता लिएमा जेल जाने डर, नलिएमा प्रचण्डको धम्कीपूर्ण व्यवहारलाई स्वीकार गर्नुपर्ने वाध्यात्मक अवस्थामा पुगेका छन् । त्यसमा पनि प्रचण्डले आफ्नो सरकार टिकाउने र पाँच वर्ष नै प्रधानमन्त्री बन्ने रणनीति लिएको एकीकृत समाजवादी पार्टीका शिर्ष नेताहरुले नै आंकलन गरिरहेका छन् । लालिता निवास काण्डमा दर्ता गरिएको मुद्दामा अनुसन्धान गरि अदालत समक्ष पेश गर्ने कानुन बमोजिम प्रहरीले पाउने म्याद जम्मा ६० दिन हो । लगभग थोरै दिन प्रहरीसँग अब बाँकी रहेको छ । प्रचण्ड कै सल्लाहमा माधव नेपाल आफ्नो पार्टीको महत्वपूर्ण बैठकहरु स्थगित गरि विदेश उडे । फाईल बुझाउन १ वा २ दिन बाँकी रहे पछि माधव नेपाल स्वदेश फर्किन्छ । त्यसपछि प्रहरीले माधव नेपाललाई ब्यान लिन बोलाउँछ । पूर्वप्रधानमन्त्री भनेर उहाँ पक्राउ नगरी नै बयान लिन्छ ९बाहिर राखेर अनुसन्धान गर्ने कानुनमा ब्यवस्था छ० । त्यसपछि मिसिलमा माकुनेको बयानसहित अदालतमा मुद्दा बुझाईन्छ । किर्ते तथा जग्गा खिचौला मुद्दा भएकोले पुरपक्षको बहसमा केही धरौटी राखी छुटने छ । आरोपी भएकै कारण सहमति अनुसार माकुनेले प्रधानमन्त्री बन्न पाउँदैन । कम्युनिष्ट कै भागमा परेकोले माकुनेले पाउने प्रम पाउने अबधी प्रचण्डले नै निरन्तरता पाउनु पर्ने दाबी गर्छ र कांग्रेस, एस र जसपाले ठगबन्धनको बैठक बसि त्यसमा सहमति जनाउने छ । पूरा ग्राईण्ड डिजाइन यति हो । प्रहरीले पनि माकुने र बाबुरामको ब्यान लिए पछि अदालतको अबेहलना मुद्दाबाट जोगिन्छ र प्रचण्डले म भ्रष्टाचारको मुद्दामा गठबन्धनको साथीलाई पनि छोड्दिन भनेर स्याल हुईया मच्चाउँछन् ।

३. गौर हत्या काण्डमा उपेन्द्र यादवलाई तर्साउने

रौतहटको गौर हत्या काण्डका मुख्य योजनाकार हुन उपेन्द्र यादव । गौरमा माओवादी र यादवका कार्यकर्ताबीच एक कार्यक्रममा झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । उक्त काण्डमा पीडितसँग प्रचण्ड नेतृत्वको सरकारले केही दिन अघि पाँच बुँदे सहमति गरेको छ । जसमा पीडितलाई न्याय दिने, रोकीएका मुद्धाहरुको छानविन गर्नेलगायतका रहेका छन् । प्रहरीमा दर्ता भएका उक्त काण्डका पीडितहरुलाई न्याय दिने हो भने पहिले नम्बरमा उपेन्द्र यादव नै दोषी देखिने निश्चित छ । उक्त काण्डमा जसपाका करिव १३० जना नेताहरुविरुद्ध मुद्धा परेको छ । यो मुद्धालाई पुनः उठान गरेर प्रचण्डले जसपाका अध्यक्ष यादवलाई तर्साउने नीति लिएका छन् । त्यसपछि जसपामा सत्ताबाट बाहिरिनु पर्ने चर्को दवाव समेत बढेको छ । तर निर्णयमा भने जसपा पुग्न सकेको छैन ।

४. सुन काण्डमा आफ्नालाई जोगाउने

पछिल्लो समयको नयाँ काण्डका हो, एक क्वीटलभन्दा बढी सुन तस्करी प्रकरण । यसमा पनि प्रचण्डले पदको बचावटमा चतुर्याई नै गरेको बुझ्न कठिन छैन । सुन काण्डमा तस्करीलाई पक्राउ गरियो भने हल्ला गर्ने र आफ्नो नेतृत्वको कनेक्सनलाई जोगाउने रहेको छ । एयरपोर्ट जस्तो संवेदनशिल ठाउँबाट त्यो क्वीटलको क्वीटल सुन कसरी पास भएर आयो ? भन्ने खोज्ने हिम्मत प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमा छैन । कारण हो, गृहमन्त्री र अर्थमन्त्री डा. प्रकाशशरण महतको संलग्नता रहेको आशंका आम नागरिकले गरेका छन् । गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता नभएसम्म प्रहरीको चेकिङ तथा भन्सारबाट सुन छुटेर सिनामङ्गलसम्म आइपुग्ने थिएन । अर्थमन्त्री महत पनि देउवाको विश्वास पात्र हुन । उक्त काण्डमा उनलाई पनि जोडाएर सत्ताको वागर्नेनिङ नै हुन सक्ने एमालेले आशंका गरेको छ । एमालेले त अर्थमन्त्री र गृहमन्त्रीको राजिनामा नै मागेको छ भने उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्धसमेत गर्दै आएको छ । त्यती मात्र नभई एमालेले सुन काण्ड प्रधानमन्त्रीसम्म नै पुगेको हुन सक्ने आशंका व्यक्त गरिरहेको छ । सुन काण्डमा सिआइबीले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको प्रत्यक्ष संलग्नता रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उपमहासचिव वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीलगायतका माओवादीकै शिर्ष नेताको संलग्ता रहेको प्रतिवेदन आएपछि अनुसन्धान रोक्ने विभिन्न बहाना खोजिरहेका छन्, प्रचण्ड ।

तर हामी एमाले कहाँ चुप लागेर बस्छौं प्रचण्ड जि । तपाईंको सबै भ्रष्टाचार र षड्यन्त्रको पोल हामी सदनदेखि सडकसम्म खोल्दै जानेछौं । भ्रष्टाचारका एक एक फाईलहरु र तिनका प्रमाणहरु हामी एक पछि अर्को गर्दै सार्वजनिक गर्नेनै छौं । एनसिएल काण्ड, लडाकु काण्ड, वाईडबडी काण्ड, हाइड्रो काण्डलगायतका असंख्य काण्डहरुमा माओवादीका शिर्ष नेताहरुको संलग्नता रहेको प्रष्ट छ । सवै भ्रष्टाचारहरुको फाईल खोलौं, दोषीलाई कानुनी कठघरामा उभ्याउँ । भ्रष्टाचारीको कुनै दल हुँदैन, धर्म हुँदैन, जात हुँदैन । त्यसैले एमाले तयारी छ, जस्तोसुकै भ्रष्टाचारविरुद्धको अभियानमा साथ र सहयोग गर्न तयार रहेको छ ।

लेखक : एमाले केन्द्रीय सदस्य हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६