एमालेको अबको यात्रा, ‘समाज जागरण’ अभियान

नरेश्वर ज्ञवाली

मुलुकको प्रमुख राननीतिक शक्ती नेकपा एमाले यति बेला अध्यक्ष केपी शर्मा ओलीको कुशल नेतृत्वमा अगाडी बडिरहेको छ । देशले प्राप्त गरेको हरेक परिवर्तनमा एमाले एक प्रमुख नेतृत्वदायी शक्तीको रुपमा नेपाली जनतासँग एकाकार हुँदै अगाडी बढेका छ । २०६२/६३ को जनक्रान्ती र संविधानसभाको चुनावमा एमाले प्रमुख हस्तीको रुपमानै रहयो । जसको फलस्वरुप २४० वर्षदेखिको निरंकुश राजतत्र सदाको लागि अन्त्य भयो । हाल मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । गणतन्त्र आफैंमा सक्षम हुँदैन । वर्षौ वर्षदेखि हाम्रो समाजमा जरागाडी बसेको सामन्ती संकार कुरितीलाई परिवर्तन गर्न एउटा ठूलो जागरण अभियाननै चलाउन पर्दछ । कुनैपनि समस्याको समाधान ऐन कानुन र संविधानमा लिपीबद्ध भएरमात्रै नहुने रहेछ । यसको लागि हरेक सचेत नागरिकहरु समाज परिवर्तनको लागि अग्रसर हुन जरुरी हुन्छ ।

संविधानमा समाजवादउन्मुख अर्थनीति अगाल्ने भनियो । समानुपातिक समावेसी कानुनहरु बने, छुवाछुत दाइजोप्रथा दण्डनीय बन्यो । पश्चिम नेपालको कुरिती छाउपडी प्रथा गैरकानुनी । बन्यो किसानहरु माथि ठगिएको मिटर ब्याजको बिरुद्ध बल्ल विधेयक पास भएको छ । सहकारी र लघुबित्तबाट पीडित किसानहरु आन्दोलित छन् । गरिव जनताको एक एक पैसा गरेर जम्मा गरेको पैसाको अपचलन भएको छ । कथित बोक्सीको आरोपमा आफ्नै घरपरिवार बाट महिलाहरु पीडित बनेका छन् । यो सबै बेथिती र गैरकानुनी हरकतहरु हामी बसैकै समाजमा घटिरहेका छन् । केहि घटनामा एमालेकै नेता कार्यकर्ताको संलग्नता समेत खुल्न आएको छ । यसले एमालेलाई लज्जित बनाएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको अगुवाको रुपमा रहेको एमालेको ७० वर्ष देखिको अभियानमाथि उल्लेखित बेथितीहरुको बिरुद्ध नै थियो र समाजलाई एक सभ्य नागरिक समाजको रुपमा रुपान्तरण गर्नु थियो । तर हाम्रो लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यबस्थाको यो समाजमा हामी एमालेका कम्युनिस्टहरु कहाँ छौं ? के गर्यौ र के गरिरहेका छौं ? जहाँ मुलुको राजधानी काठमाडौँलगाएत हामी रहेको समाजमा यी तमाम घटनाहरु दिनहुँ भइरहेका छन् तर हामीहरु हेरिमात्र रहेका छौं र सुनि पनि रहेका छौं । तर त्यहाँ हाम्रो नेतृत्वमा कुनै बिरोध हुन सक्देन नजुलुश न धर्नानै हुन सक्छ । जबकी हरेक ठाउँमा एमालेको पार्टी कमिटी छ, त्यहाँ स्थानीय सरकारमा एमालेका मेयर र गाउँपालिका अध्यक्षहरु २९४ जना छन् । उपमेयर र उपाध्यक्षहरु ३३१ जना छन्, वडाध्यक्ष २५६० र वडा सदस्यहरु १०९१२ जना छन् र प्रदेशसभा सदस्यहरु २४३ जना छन् । एमाले पक्तीको यत्रो किम लिडरसिप जसले स्थानीय सरकार चलाइरहेका छन् तर यी तमाम बेथितीहरु तपाई साथीहरुले देखिरहनुभएको छैन वा देखेर नदेखे झै गरिरहनु भएको छ । हामी कम्यूनिस्टहरुका लागि यो पक्कै पनि सुहाउने विषय हैन । यो जनशक्ती समाज परिवर्तनको संबाहक हो तर हामी नदेख्नु पर्ने देखिरहेका छौं न सुन्नु पर्ने सुनिरहेका छौं । यी घटनाहरुलाई सामान्य ठानेर एक दुई स्थानमा यस्ता घटना हुन सक्छन् भन्नु ठूलो भुल हुनेछ ।

एमाले पंतीले अब आफनो सोचाइलाई बदल्न जरुरी छ । जिल्लाबाट काठमाडौँ आएर कमरेड अध्यक्ष र महासचिवलाई भेटेरमात्र पर्याप्त हुँदैन । जब आफु रहेको समाजका बिकृतिका डंगुरहरुलाई स्थानीय तहबाट नै सफा गर्ने अभियानको नेतृत्व गर्नुहुँदैन केन्द्र ताकेर केहि हुँदैन । समाज रुपान्तरण गर्नु भनेको हाम्रो पार्टीको लक्ष्यअनुसारको समाजवादी आधारको निर्माण गर्नु पनि हो । त्यसकारण अब एमालेले केन्द्रीय तहबाटनै मुलुकभर सामाजिक कुरिती अन्त्य गर्ने निती निर्माण गरि त्यसको नेतृत्व आआफनो स्थानीय कमिटी र स्थानीय तहलाई नै दिनु पर्दछ ।

त्यतिमात्र हैन, जुन स्थानीय तहको गाउँकमिटीमा घटनाहरु हुन्छन्, त्यहाँ हाम्रो स्थानीय सरकार छ भनि त्यहिँकै जिम्मेवार बनाउने छैन भने हाम्रो कमिटीलाई जिम्मेवार बाउने साथै त्यस क्षेत्रका प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यलाई समेत उत्तरदायित्व बहन गर्नै लगाउने र केन्द्रीय तहमा एउटा अनुगमन संयन्त्र बनाई परिचालित गर्ने । तबमात्र समाजकायी कुरितीको अन्त्य गर्न सक्छौं । अन्त्यमा, पद र अवसरको लागि नेता भेट्ने र नेताले भेटदिने परिपाटीको अन्त्य गरौं । २०८४ को मिसन सफल पारौं ।

काठमाडौँ ३१, बानेश्वर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६