कामनपाबाट छात्रवृत्ति पाउन नसकेका विद्यार्थीलाई गौरीशंकर माविले प्रदान गर्ने

काठमाडौँ, २० साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा छात्रवृत्तिमा भर्ना हुन चाहाने विद्यार्थीहरुलाई आज परीक्षा लिएको छ । उक्त परीक्षामा देशैभरबाट कुल ६०१७ जना विद्यार्थीहरुले आवेदन दिएका छन् । ती मध्ये सबैभन्दा धेरै साइन्स पढ्न चाहाने विद्यार्थीहरु छन् जसको संख्या ४१५५ जना रहेको छ ।

गौरीशंकर मावि हिलसाइड कलेज अफ इन्जिनियरिङबाट संचालित गुणस्तरीय शिक्षा प्रदायक संस्था हो । उक्त संस्थाले यो शैक्षिक सत्रको लागि साइन्स, व्यवस्थापन तथा कानुन विषयमा +२ मा विशेष छात्रवृत्ति योजना अघि ल्याएको छ । यस्तो छात्रवृत्ति योजनामा कामनपाले लिएको छात्रवृत्ति परीक्षाबाट अवसर नपाएका विद्यार्थीहरु मध्ये ३० जनाको लागि शतप्रतिशत, ४५ जनाको लागि ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । साइन्सको लागि मासिक ४ हजार, व्यवस्थापन र कानुनको लागि मासिक ३ हजार मात्र शुल्क तोकिएको छ । भर्ना शुल्क १ हजार मात्र रहेको +२ कोअर्डिनेटर गणीत विषयका विज्ञ ध्रुब थापाले जानकारी दिए । यो अवसरबाट विपन्न बर्गका तर शैक्षिक नतिजा राम्रा भएका विद्यार्थीहरु लाभदायी हुने जनाइएको छ ।

यो गौरीशंकर मावि काठमाडौँ-ललितपुर जोड्ने वालकुमारी पुलबाट १५० मिटर दक्षिणमा रहेको छ ।  उक्त विद्यालय महालक्ष्मी नगरपालिका भित्र उत्कृष्ट विद्यालय भित्र परेको छ । गत वर्षको नतिजाले यसको पुष्टि गरेको छ । यो छात्रवृत्ति सुविधा लिनको लागि महानगरले प्रदान गरेको प्रवेश पत्रमा उल्लिखित नाम र रोल नं. उल्लेख गरी 976-6845515 मा एसएमएस गर्नुपर्ने वा २०८० साउन २५ गते भित्र गौरीशंकर माविको प्रशासनमा सम्पर्क गर्नुपर्ने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate

काठमाडौँ, १४ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी

नुवाकोट, १४ भदौ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी

अमेरिका, १४ भदौ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा