सन्दीपलाई क्यानको बधाई

काठमाडौँ, १८ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई बधाई दिएको छ । 

सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै उनको टोली सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । सन्दीपले निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।

सोही योगदानका कारण उक्त खेलमा सन्दीप म्यान अफ दी म्याच पनि घोषित भएका थिए । उत्कृष्ट प्रदर्शनका लागि क्यानले बिहीबार सन्दीपलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बधाई दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको