संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार मन्त्रिपरिषदमा पेश हुने

काठमाडौँ, १५ साउन । सर्वाधिक चासोमा रहेको संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ ।

मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद्मा पेश गरेका थिए । मन्त्रिपरिषद् बैठकले विधेयक समितिमा पेश गरेर थप छलफल गर्ने निर्णय गरेको थियो । त्यो बेलादेखि मस्यौदा अघि बढ्न सकेको थिएन । पौडेलपछिका दुई शिक्षामन्त्रीले मस्यौदामा आवश्यक संशोधन गरेका थिए । तत्कालिन शिक्षामन्त्री शिसिर खनालले आवश्यक परिमार्जन गरेर मात्र अघि बढाउने बताएका थिए । त्यसपछिका शिक्षामन्त्री अशोककुमार राईले मस्यौदालाई अध्ययन गरेर त्यसमा परिमार्जन गरेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत साउन १६ गते बस्ने संसद बैठकमा मस्यौदा पेश हुने बताएका थिए । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः