टेलर स्वीफ्टको कन्सर्टले सियाटलमा भूकम्प !

सियाटल, १४ साउन । टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सियाटल सहरमा सानो भूकम्प नै गएको एक भूगर्भविद्ले जनाएकी छन् । उनका अनुसार कन्सर्टका दौरान २.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
 
गत जुलाई २२ र २३ मा एरास टूरको दौरान लुमेन फिल्डमा आयोजित कन्सर्टका दौरान यो तथ्यांक रेकर्ड गरिएको थियो । स्वीफ्टले करिब १ लाख ४४ हजार फ्यानका अगाडि प्रस्तुति दिएकी थिइन् ।

भूगर्भविद् ज्याकी काप्लान–औरब्याचले सो तथ्यांक स्वीफ्टको साउन्ड सिस्टम वा दर्शकहरुको कारणले गएको हुनसक्ने बताइन् । स्वीफ्टको कन्सर्टले यसअघि सियाटल सीहक र न्यु ओर्लियन्सबीचको खेलमा अमेरिकन फुटबल फ्यानहरुले सिर्जना गरेको भूकम्पको रेकर्ड पनि तोडेका छन् । त्यतिबेला मार्सन लिन्चले टचडाउन गर्दा समर्थकहरु उर्फेर २ म्याग्निच्युडको भूकम्प सिर्जना गरेका थिए । सांगीतिक कन्सर्टहरुमा यसअघि पनि भूकम्प सिर्जना हुने गरेका छन् । सन् २०११ मा फू फाइटरले न्यूजिल्याण्डमा कन्सर्ट गर्दा यस्तै सानो भूकम्प गएको थियो । 
बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका