महाराष्ट्रमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

बुलढाना (महाराष्ट्र), १३ साउन । शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । 

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुईवटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए । अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै  र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र  नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ