अनाथ बालबालिकालाई स्टेशनरी र खाद्यान्न सहयोग

काठमाडौँ, १३ साउन । नेपाल निजामती कर्मचारी सङ्गठन शिक्षा विभागीय कार्य समितिले अनाथ बालबालिकालाई स्टेशनरी र खाद्यान्नका सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

संगठनले भक्तपुरका नलिनचोक स्थित मानव कल्याण समाज (बाल सेवा घर)मा रहेका ३० जना अनाथ बालबालिकालाई विहीबार स्टेशनरी र खाद्यान्नका सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको हो । समितिले सहिद मनोज, झपेन्द्र र सुरेन्द्र स्मृति दिवसको अवसरमा बालबालिकालाई उक्त सामाग्री हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी सङ्गठन शिक्षा विभागीय कार्य समितिले जनाएको छ ।

शिक्षा विभागीय कार्य समितिले मानव बाल सेवा घरलाई दाल, चामल, तेल मसाला बेसार, गेडागुडी, दालमोठ लगायतका खाद्यान्न सामाग्री र मसी, गम, स्केल, कपी च्याप्ने क्लिबोर्ड, कलर पेन्ट, क्यालुलेटर, टिपेक्स, चार्ट पेपर, कलम, इलेजर लगायतका स्टेशनरी सामाग्री हस्तान्तरण गरेको हो । नेपाल निजामती कर्मचारी सङ्गठन शिक्षा विभागिय कार्य समितिका अध्यक्ष शिवराज पोखरेलले बालबालिकाका लागि खाद्यान्न र स्टेशनरी सामाग्री लगायत नगद १७ हजार ५१५ रुपियाँ सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले मानव सेवा समाजका अध्यक्ष सुमित्रा चौलागाँईलाई खाद्यान्न र स्टेशनरी सामाग्री हस्तान्तण गर्नुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष कोइरालाले सङ्गठनले सहिद मनोज, झपेन्द्र र सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा विभिन्न रचनात्मक तथा सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनले सहिद मनोज, झपेन्द्र र सुरेन्द्र स्मृतिको दिवसको अवसरमा हाजिरी जवाफ, रक्तदान, बृक्षारोपण कार्यक्रम, निजामती सेवाका विषयमा सरोकारवालासँग अन्तक्रिर्या लगायत विविध विषयमा कार्यक्रम गरिरहेको छ । कार्यक्रममा केन्द्रीय समितिका उपाध्यक्ष भवानी दाहाल, रेवन्त गौतम, प्रवास साह, उपत्यका इन्चार्ज रेणुका केसी, महासचिव जीवन काफ्ले, उपमहासचिव रामचन्द्र अधिकारी, केन्द्रीय सदस्य सुशिला शाह, शान्ति विष्ट, पेशागत महासंघका सदस्य गंगाबहादुर सुनुवार, शिक्षा विभागिय कार्य समितिका सल्लाहकार एवं पदाधिकारी, लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

एजेन्सी, १५ भदौ । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा आक्रमण गरेको छ। गत जुलाईको अन्त्यपछि इरानमाथि भएको

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

बर्दिबास, १५ भदौ । नेकपा (एमाले) मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको