ट्रम्पमाथि फेरि लाग्यो आरोप

एजेन्सी, १२ साउन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि एक नयाँ आरोप लागेको छ ।

गोप्य सरकारी कागजात प्रकरणको अनुसन्धानमा अवरोध पुर्याूउने सुरक्षा फुटेज डिलिट गर्न उनले कर्मचारीलाई दबाब दिएको आरोप लागेको हो । यो आरोप ट्रम्पले फ्लोरिडास्थित आफ्नो निजी निवास मार ए लागोमा सरकारी गोप्य कागजातको व्यवस्थापनसँग सम्बन्धित रहेको छ ।

ट्रम्पमाथि रक्षासम्बन्धी जानकारी जानीजानी राखेको र अवरोधको आरोप लागेको छ । मार ए लागोका स्टाफ सदस्य कार्लोस डे ओलिभेरालाई पनि फुटेज हटाउन के गर्न सकिन्छ भनेर सोधेको आरोप लागेको छ । ट्रम्पका निकट सहयोगी वाल्ट नाउटामाथि पनि अनुसन्धानमा अवरोधको आरोप लागेको छ । ट्रम्प र वाल्ट नाउटा दुवैले यी आरोप अस्वीकार गरेका छन् ।

अदालतका नयाँ कागजातमा न्याय विभागले गोप्य कागजात राखिएको भनिएको ठाउँको निगरानी फुटेज माग्दा नाउटा र डे ओलिभेराले उक्त फुटेज डिलिट गर्न षडयन्त्र गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय