युट्युबमा ‘सर्ट’ भिडियो हेर्ने दुई अर्ब प्रयोगकर्ता

काठमाडौँ, १० साउन । गुगलले मासिक लगइन भएका दुई अर्ब प्रयोगकर्ताले ‘युट्युब सर्ट’ भिडियो हेरिरहेको बताएको छ ।

गुगलले आज ‘युट्युब सर्ट’ भिडियो हेरिरहेको प्रयोगकर्ता सार्वजनिक गरेसगै छोटो भिडियो सेयर गर्न मिल्ने प्लेटफर्म टिकटक र इन्स्टाग्रामको रिलको तुलनामा यो युट्युब सर्टले पनि विशेष स्थान पाएको संकेत हो ।

गुगलले सार्वजनिक गरेको यो संख्या गत वर्ष घोषणा गरेको १.५ अर्ब प्रयोगकर्ताभन्दा बढी हो । सन् २०२३ को दोस्रो त्रैमासिक रिपोर्टमा युट्युब एडबाट कम्पनीले ७.६७ अर्ब अमेरिकी डलर आम्दानी गरेको समेत जनाएको छ । कम्पनीले अब ३० सेकेण्डको स्किप गर्न नमिल्ने एड पनि ल्याउने भएको छ ।

कम्पनीले विज्ञापनबाहेक, अब वार्नर ब्रदर्स, म्याक्स एनएफएल लगायतसँग पनि सम्झौता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका