सुडानमा युद्धरत पक्षहरूबीचको झडपमा १६ जनाको मृत्यु

खार्तुम, ७ साउन । सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच भएको झडपमा १६ जना सर्वसाधारणको मृत्यु भएको छ । 

सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको बमबारीमा कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको डार्फर बार एसोसिएसनले जनाएको हो । पेशागत वकिलहरूको संगठनले सडक र नागरिकका घरमा  गोलीबारी भएको जनाउँदै शुक्रबारदेखिको दोहोरो भिडन्तले न्याला क्षतविक्षत भएको बताएको छ । गोलाबारी र भिडन्तका कारण न्यालाको दक्षिणमा रहेको अल–वोहदा र करारीलगायत क्षेत्र प्रभावित भएका छन् ।

संघले युद्धरत पक्षहरुलाई तत्काल युद्ध बन्द गर्न र सर्वसाधारणलाई आक्रमणको निशाना नबनाउन आग्रह गरेको छ । गत अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच जारी  युद्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् । 

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार सुडान द्वन्द्व सुरु भएयता ३० लाखभन्दा बढी विस्थापित भएका छन् ।- (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका