संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले गोप्य राखे

काठमाडौँ, ५ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा गोप्य रूपमा अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्नुभएको हो ।

सो मस्यौदालाई मन्त्रिपरिषद्ले स्वीकृत गरी विधेयक समितिले अध्ययन गरिरहेको छ । तर, मस्यौदाको विषयमा मन्त्रालयका उच्च अधिकारीलाई जानकारी छैन । विधेयक समितिले पारित गरेपछि मन्त्रालयले सभामुखको कार्यालयमा दर्ता गराएपछि उक्त विधेयक संसदमा पेस हुनेछ ।

कानुनमन्त्री ५ सदस्यीय विधेयक समितिको अध्यक्ष हुने व्यवस्था छ भने अर्थ, शिक्षा, संघीय मामिला मन्त्रालयका सचिवलगायत सदस्य रहने व्यवस्था छ । प्रतिनिधि र राष्ट्रिय सभाले पनि पारित गरेपछि उक्त विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल ऐन जारी हुने कानुनी व्यवस्था छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ