वर्खायाममा महेश बस्नेतलाई सम्झिदै भक्तपुरवासी : दिए धन्यवाद

भक्तपुर जिल्लामा रहेको हनुमन्ते खोला ५ किलो मिटर राधे राधेदेखि राम मन्दिरसम्म ५४ सय रोपनी जग्गा भएको हमुमन्ते कोरिडोरले भक्तपुर बासिलाई वर्खायामा बाढिको भेलसँगै आसुका भेल बग्ने गर्थ्यो । कोरिडोरको वरिपरिका घरहरुलाई मात्रै हैन, राधे राधेदेखि लोकन्थली सडकदेखि बस्तिहरु डुवान हुन्थ्यो । जब बर्षातको समय आउँथ्यो भक्तपुरवासीको मुटुमा ड्याग्रो बज्थ्यो ।

स्थानीय तहले त्यती चासो नदेखाएको भक्तपुरलाई पूर्वउधोग मन्त्री, नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा निवर्तमान सांसद महेश बस्नेतले बाढिको रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ ? भन्ने अध्ययन गरे र सम्बन्धित निकायहरुलाई विशेष रणनीति बनाउनुभयो । त्यती मात्र नभई सम्बन्धीत निकायको ध्यान केन्द्रित गराई सबैको हातोमालोले वर्षेनी बाढीको कारणले धनजनको क्षति बस्तिको डुवानलाई महेश बस्नेतको पहलले बाढी नियन्त्रण गराइएको थियो । जसको स्थायी समाधान गर्न हनुमन्ते करिडोरको महत्वपूर्ण योजना तयार भयो । योजनामात्र तयार भएन कि कार्यान्वयवन नै गरी अरवौंको बजेट व्यवस्थापन उहाँले नै गर्नुभयो । २० मिटरको हनुमन्ते नदीको दायाँ बाँया २०/२० मिटरको करिडोर निर्माण शुरु भयो ।

हनुमन्ते नदीको बाढिका कारण २०७५ मा ठूलो बाढीसँगै आउने दुर्घन्धित बस्तु तथा ढल बस्तिको घर भित्रै पस्ने गर्थ्यो । जसका कारण डेरा सर्ने र घर बेची अन्यत्र जाने क्रमको लहर चलेको थियो । बाढी नियन्त्रणकै लागि महेश बस्नेतले ७५ सालमा नै बजेट व्यवस्थापन गरी २०७६ सालमा नै काम सुरु गरि भक्तपुरका जनताको ओठमा मुस्कान छरिदिने जनप्रीय नेताको नाम हो महेश बस्नेत । उहाँ जहिले पनि जनताका लागि नै समर्पित हुनुभयो ।

महेश बस्नेत यस्तो नेता बन्नुभयो कि भक्तपुरको लागि उहाँ ईश्वरको रुप जनतालाई देखाइदिनुहुन्छ । उहाँ जनताको दुख सुखमा सदैव साथमा रहनुहुन्छ । दुनियाँ नेताले धेरै बोलेर जनतालाई आश्वासन दिने क्रममा महेश बस्नेत नबोली जनतालाई काम र विकासले खुशी पार्नुहुन्छ । जनताको घरमा रमाहाट होस् या मृत्यु, उहाँ साना ठूला धनी गरिव केही भेदभाव नराखी सबैको दैलोमा पुग्नुहुन्छ ।

हस्पिटलमा भर्ना भएका बिरामीहरुलाई उहाँको भेटले मनलम पटिको काम गरिदिनुहुन्छ । राजनीति क्षेत्रमा होमिनुभएका नेता महेश बस्नेत समाज र राष्ट्रको लागि आफ्नो जीवनकाल बिताइरहनुभएको छ । विकासोन्मुख भक्तपुर जिल्ला महेश बस्नेतको पहल योगदानले आज सबैले भक्तपुरको नाम लिदा महेश बस्नेतको नाम लिन्छन् । महेश बस्नेतको नाम लिनुको पछाडी विकासको लहर थियो । विकासका मोडालिटिमा ज्ञान भएका महेश बस्नेत कुन कुराले कस्तो परिवर्तन आउँछ्न त विकासमा भनि आफ्नो दिमागलाई धारिलो बनानुहुन्थ्यो । सधैं जनताको लागि खटिरहनु हुने महेश बस्नेतलाई ०७९ मा हराए तर उहाँले सधैं भन्ने भन्ने गर्नुहुन्छ, ‘हार भएको हो हार खाएको छैन, म सधै जनताकै साथमा हुनेछु ।’

सायद महेश बस्नेतले भन्नुभएका यी कुरा भक्तपुर बासीको मनमा खट्किरहेको होला । बितेका महेश बस्नेतका पलहरुलाई धन्यवाद दिदै छ्न्, महेश बस्नेतका कामहरुलाई । भक्तपुरवासीहरुको लागि हिजो नि महेश बस्नेत आज नि महेश बस्नेत भोलि पनि महेश बस्नेत, न कुनै आए न कुनै आउने वालामा छन्, न केही गरे । गर्छन् त सधैं विकास महेश बस्नेतले भक्तपुर जिल्लाको अर्को नाम हो ‘महेश बस्नेत ।’

तृष्णा खड्का
भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६