एसियाली खेलकुदका लागि भारतीय क्रिकेट टोलीको घोषणा

नयाँ दिल्ली, ३० असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ औँ एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । टिमको कप्तान ऋतुराज गायकवाडलाई दिइएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ८ सम्म चल्ने एसियाली खेलकुदमा टी–२० फर्म्याटका क्रिकेट खेलहरु हुनेछन् ।

अक्टोबर ५ बाट सुरु हुने एकदिवसीय विश्वकपका कारण यस प्रतियोगिताका लागि युवा खेलाडी छनोट गरिएको हो । यो टोलीमा गायकवाड बाहेक तिलक वर्मा र रिंकु सिंह पनि छन् ।

भारतीय टोली : ऋतुराज गायकवाड, यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकीपर) । स्ट्यान्डबाइ खेलाडीहरू – यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुड्डा, साई सुदर्शन छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको