काठमाडौँ, २४ असार । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘बगान’ले एकल नारीको अधिकार र समस्याको विषय बोल्ने बताएकी छन् ।
चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेत्री मानन्धरले हरेक समाजका कुरीति र कुसंस्कृति विरुद्धको आवाज समेत बगान बन्ने विश्वास व्यक्त गरिन् ।
उनले थपिन्, ‘बगानको कथामा हरेक नारीको कथा हो । यसले समाजमा भएको व्याप्त नारीको वेदना बोल्छ । ‘कार्यक्रममा फिल्मका निर्देशक समेत रहेका अभिनेता सरोज खनालले फिल्मे समाजको यथार्थ चित्रण गरेको बताए । उनले एकल महिलाको कथा फिल्ममा निकै राम्रो तरिकाले चित्रण गरेको सुनाए । कार्यक्रममा उनले फिल्म एकल महिला तथा विधवाले निःशुल्क हेर्ने व्यवस्था गरेको जानकारी दिए ।