फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं : केकी अधिकारी

काठमाडौँ, २२ असार । सेलिब्रेटीको आत्महत्या विषयलाई लिएर विश्वमै कलाकारहरुको मानसिक स्वास्थ्यको व्यापक बहस हुन थालेको छ । नेपालमा पनि यसको बहस सुरु भएको छ । बिहीबार अभिनेता सारुक ताम्राकारले घरमै झुण्डिएर आत्महत्या गरेको विषयमा अहिले फिल्म क्षेत्रमा कलाकारहरुको मानसिक स्वास्थ्यको विषयमा बहस हुन थालेको छ ।

यस विषयमा अभिनेत्री केकी अधिकारीले फिल्म निर्माणको समयमा कलाकार तथा प्राविधिकहरूका लागि मानसिक स्वास्थ्य परामर्श विभाग राख्न जरुरी भइसकेको बिचार राखेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।

उनी लेख्छिन्, ‘ हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ । सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिका–१ स्थित हिमाल हस्पिटल नजिकैबाट ९ लाख २१ हजार बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँ, ३ असोज । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका

काठमाडौँ, ३ असोज । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय