एसईई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न अध्यक्ष ओलीको सुझाव

काठमाडौँ, २१ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत एसईईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका हुन् ।

अध्यक्ष ओलीले एसईई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका छन् । “शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना !” उनले भनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः