काठमाडौँ, २० असार । अभिनेता तथा निर्देशक सरोज खनालले मुलुकका एकल महिलालाई निःशुल्क रुपमा फिल्म ‘बगान’ देखाउने घोषणा गरेका छन् ।
ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उनीहरुको सम्मानका लागि यस्तो निर्णय गरिएको खनालले बताए ।
एकल महिलालाई शैक्षिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने कथावस्तु पनि फिल्मले पेश गर्ने अभिनेता खनालले बताए । ‘फिल्ममा मैले आमालाई शिक्षित बनाएको छु । आमा शिक्षित हुँदा छोरी पनि शिक्षित हुन्छिन् । फिल्म पूर्ण रुपमा शिक्षाकै बारेमा छ,’ उनले भने । पत्रकार सम्मेलनमा आफ्नो भूमिकाबारे चर्चा गर्दै अभिनेत्री मानन्धरले समाज परिवर्तनका लागि आफूले यस्तो भूमिकामा काम गरेको बताइन् ।
फिल्म असार २९ गते रिलिज हुँदैछ ।