भ्याली फुटसल : गोदावरी-११ विजयी

काठमाडौँ, १८ असार । भ्याली फुटसल च्याम्पियनसिप अन्तर्गत गोदावरी नगरपालिका छनोट प्रतियोगितामा गोदावरी नगरपालिका वडा नं. ११ विजयी भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगर कमिटीको आयोजनामा संघको ललितपुर जिल्ला सचिवालय सदस्य प्रह्लाद सिलवालको संयोजनमा आज भएको छनोट प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका थिए । जसमा वडा नं. ११ ले वडा नं ३ लाई ट्राइबेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै गोदावरी नगरबाट छनोट हुन सफल भएको हो ।

खेलको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले एक कार्यक्रमबीच गर्नुभएको थियो । उद्घाटनको क्रममा नेता र युवा बिच मैत्री पुर्ण खेल समेत आयोजना गरिएको थियो । कार्यक्रममा पूर्वप्रतिनिधिसभा सांसद नवराज सिलवाल, पूर्वप्रदेशसभा सांसद चेतनाथ सञ्जेल, एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी १५ वटै टिमका १५० जना खेलाडीहरुले राष्ट्रिय युवा संघ नेपालको सदस्यता लिएका थिए । प्रतियोगिता अन्तर्गत आजै कोञ्ज्योसोम गाउपालिकाको समेत छनोट खेल सम्पन्न भएको छ । खेलको फाइनलमा कोञ्ज्योसोम वडा नं. ४ नल्लुले वडा नं २ शंखुलाइ ३-० गोल अन्तरले पराजित गरि छनोट भएको छ । प्रतियोगिताको छुट्टा छुट्टै खेलबाट बिजयी दुबै पालिकामा टिमका खेलाडीहरुलाई संघका केन्द्रीय उपाध्यक्ष सिता सुवेदी, संघका केन्द्रीय सचिवालय सदस्य एवम् ललितपुर जिल्ला अध्यक्ष चिन लामाले प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

१४ गते मदन भण्डारी जन्मोत्सवको अवसरमा शुरु भएको कार्यक्रम २३ गते सम्पन्न हुने संघका ललितपुरका अध्यक्ष चिन लामाले बताउनुभयो । उत्यकाका तीनवटै जिल्लाको सवै स्थानीय तहका वडादेखी छनोट गरी एक पालिका एक विजेता छनोट हुनेछन् । प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको झण्डै ५०० फुटसल टिमको सहभागिता रहने र विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट एक गोल रक्षकलाई समान १०/१० हजार दिइनेछ । २२ गतेसम्ममा ललितपुर जिल्ला भरिका सम्पूर्ण पालिकाहरुको छनोट चरणको खेल सम्पन्न भइ २३ गते हुने उपत्यका ब्यापी खेलमा सहभागी हुने अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ असोज । सिराहाको औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ