एमालेलाई देखाएर कांग्रेस तर्साउने प्रचण्ड-माधवको रणनीति

काठमाडौँ, १८ असार । संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग सरकार बनाउन सम्झौता गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपालले फेरि नेकपा ब्युँताउने हल्ला चलाउनुभएको छ ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसको मुख्य सहयोगमा सरकारको नेतृत्व गरिरहेका दाहाल र सोही सरकारको सहयोगी बनेका नेपाललले केही दिनयता निरन्तर नेकपा ब्युँताउने अभिव्यक्ति सार्वजनिक गर्दै आएका हुन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायण विलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको दोहोर्‍याउनुभयो ।

सोही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डको भनाइलाई समर्थन गर्नुभयो । यसअघि पनि नेपालले माओवादीसँग नेकपा ब्युँताउने सवालमा पार्टी एकता गर्न सकिने पक्षमा रहेको बताएका थिए ।

माधवकुमार नेपाल, प्रचण्ड, विप्लव र उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल सुरू गरेको दाहालले सन्देश दिनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ