कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

काठमाडौँ, १७ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ ।

उहाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले ५ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । अब दलहरुले असार २१ गते बिहीबार अपराह्न ५ बजेसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीको प्रस्ताव पेस गर्नुपर्नेछ ।

शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएको थियो । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा अर्थ मन्त्री

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ। धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान

काठमाडौँ, ५ असार । कृषि, वन तथा वातावरण मन्त्रालयलाई तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण

काठमाडौँ, ४ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो