काठमाडौँ, १७ असार । नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला डाकेको छ । असार २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला डाकिएको कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
उनका अनुसार नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया/छलफल गर्न भेला डाकिएको हो । भेला केन्द्रीय कार्यालय सानेपामा हुने छ ।
कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुने हुँदै आएको थियो ।





