१० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

रुपन्देही, १७ असार । जिल्लाको सुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सुद्धोधन गाउँपालिका-५ का शिव भारतीलाई शुक्रबार बेलुका पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन् । ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन् ।

त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । बालिकाकी आमाले छोरीमाथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि शुक्रबार राति  उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपी भारतीलाई छोड्नका लागि दवाव समेत दिन थालेपछि पीडित परिवार घर छाडेर बुटवलस्थित आफन्तकोमा बसेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति