दुई करोड किलो कोदो आयात

काठमाडौँ, १७ असार । विदेशबाट चालु आर्थिक वर्षको १० महिनामा ६४ करोड रुपैयाँभन्दा धेरैको कोदो आयात भएको छ  ।

भन्सार विभागका अनुसार गएको साउनदेखि जेठ महिनासम्म झण्डै दुई करोड किलो कोदो आयात गर्दा ६४ करोड ३७ लाख रुपैयाँ बाहरिएको छ । नेपालमा भारत, चीन, इन्डोनेसिया लगायतका देशबाट कोदो आयात हुन्छ । 

यो अंग्रेजी वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले कोदो वर्षको रूपमा मनाइरहेको छ । नेपालमा पनि दिवसका रुपमा विभिन्न कार्यक्रम भइरहेका छन । साथै, चालु आर्थिक वर्ष २०७९/८० लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने नेपाल सरकारले यसअघि निर्णय गरेको छ ।

तीन तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for