राष्ट्रिय युवा संघद्वारा भ्याली च्याम्पियनसिप फुटसल प्रतियोगिताको उद्घाटन

काठमाडौँ, १४ असार । नेकपा एमालेको युवा दस्ता राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित काठमाडौँ उपत्यका स्तरिय भ्याली फुटसल च्याम्पियनसिप एक कार्यक्रमका बिच आजबाट सुरु भएको छ ।

संघका अध्यक्ष क्षितिज थेबेले एक समारोहबीच तारकेश्वर वडा नं. ६ फुटुङ स्थित फुटसल मैदानमा उद्धाटन गरेका खेलमा बोल्दै अध्यक्ष थेबेले एमालेमा नवयुवाहरुको आकर्षण बढेको बताउनु भएको छ । अध्यक्ष थेवेले राष्ट्रियताको सवालमा, आम जनताको जनजिवीकाको सवालमा, कृषक र किसानको पक्षमा, महंगी र भष्ट्रचारको विरुद्ध लगायत अनेकौ मुद्दामा राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमालेले खेलेका गतिविधिका कारण एमाले प्रति थप आकर्षण बढेको बताउनुभयो ।

एक प्रसंगमा अध्यक्ष थेवेले वर्तमान सरकार ललिता निवास सरकारी जग्गा नभएको भनेर फैसला गराउने तत्कालीन न्यायाधीश बलराम केसि लगायतलाई पक्राउ नगरेर जोगाउन खोजिरहेको र त्यस घटनालाई युवा संघले नजिकबाट नियालिरहेको बताउनुभयो ।

प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट एक गोल रक्षकलाई समान १०-१० हजार दिइनेछ । प्रतियोगितामा काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको झण्डै ५०० फुटसल टिमको सहभागिता रहनेछ । उपत्यकाका २१ वटै स्थानीय तहमा आजदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ-आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोह बीच फाइनल खेल हुने राष्ट्रिय युवा संघले जनाएको छ । पछिल्लो समय फुटबल र फुटसल प्रति आम युवाको बढ्दो आकर्षण र संघको रचनात्मक क्रियाकलाप गर्ने उद्देश्यले विविध रचनात्मक क्रियाकलाप गर्दै आईरहेको संघका प्रवक्ता निरोज पौडेलले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १० असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मंगलबार भरतपुर महानगरपालिका–१० स्थित बालमन्दिर

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका

झापा, ९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रियता, लोकतन्त्र, सुशासनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट हुन जरुरी

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनअन्तर्गतको निर्वाचनमा कुनै पनि गुट, उपगुट र