साउदी अरबमा गोली चल्दा एक नेपालीको मृत्यु

एजेन्सी, १४ असार । साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।

अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको हो । अन्य एकजनाको पनि मृत्यु भएको समाचार संस्था अलजजिराले छ ।

बुधबार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएर गोली चलाउँदा उक्त घटना भएको समाचारमा उल्लेख छ । सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा उनले गोली चलाएका थिए । 

मृत्यु हुने नेपाली सुरक्षा गार्ड रहेको तर पहिचान भइनसकेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३