म्यानमारमा भएको हवाई आक्रमणमा १० जनाको मृत्यु

एजेन्सी, १४ असार । म्यानमारमा भएको हवाई आक्रमणमा १० जना नागरिकको मृत्यु भएको छ ।

समाचार संस्था एएफपीका अनुसार उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् ।

आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी एएफपीले जनाएको छ । म्यानमारमा सैन्य ‘कु’ को दुई वर्षभन्दा धेरै भैसकेको छ । सन् २०२१ मा भएको सैन्य ‘कु’ पछि त्यहाँ आक्रमणका घटना हुँदै आएका छन् ।

अधिकारवादी समूहले सेनाले गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीको सजायका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले गएको वर्ष सेनाले तीन सयभन्दा धेरै हवाई आक्रमण गरेको बताएको थियो ।     

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति