सूर्यविनायकको नीति–कार्यक्रम र बजेटः २८ बुँदामा प्रमुख प्रावधानहरु सार्वजनिक (सूचीसहित)

भक्तपुर, १३ असार । ‘दिगो विकास व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर’का भन्ने मुल नाराका साथ सूर्वविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति–कार्यक्रम तथा बजेटका प्रमुख प्रावधानहरु सार्वजनिक गरेको छ ।

नगरपालिकाको १४औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको बारेमा आज आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका २८ वटा प्रमुख प्रनावधानहरु सार्वजनिक गरिएको हो । नगरप्रमुख बासुदेव थापाबाट प्रस्तुत २१८ बुँदे नीति तथा कार्यक्रम एवं नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईबाट प्रस्तुत १०९ बुँदे बजेट तथा कार्यक्रम नगरसभा बैठकबाट स्वीकृत भई नीति कार्यक्रम र बजेटको पूर्णपाठ सूर्यविनायक नगरपालिकाको सार्वजनिक गरिरएको थियो । प्रमुख थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख भट्टराईले प्रस्तुत गर्नुभएको बजेटलाई आगामी वर्षमा गर्ने २८ बुँदे प्रमुख प्रावधानहरु आज सार्वजनिक गरिएको हो ।

प्रस्तुत गरिएको प्रमुख प्रवधानहरुमा आम नागरिकले भेट्न, सुन्न र महशुस गर्न पाउने सबैभन्दा नजिकमा रहेको र सेवा प्रवाहको पहिलो जवाफदेहिता वहन गर्ने स्थानीय सरकारको रुपमा यस नगरपालिकाले आफ्ना नागरिकहरुको सर्वोत्तम हितलाई शीरमा राखी निर्वाचित हुनु अगाडि जनता सामु गरिएको प्रतिवद्धताहरु पुरा गर्ने प्रतिवद्धता जनाइएको छ । प्रस्तुत नीति तथा कार्यक्रले संघ, प्रदेश र स्थानीय तहको दीर्घकालीन तथा आवधिक योजनाले परिलक्षित गरेका विषयहरु एवं अन्तरष्ट्रिय रुपमा मुलुकले अनुमोदन गरेको दिगो विकासका लक्ष्यहरुको प्राप्तिको प्रतिवद्धतालाई मूल आधार बनाएको बताइएको छ ।

नगरका प्रवत्ता रविन्द्र सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जारी गरिएको नगरपालिकाले तयार गरेको २८ बुँदे मुख्य प्रावधानहरु निम्नानुसार रहेका छन्,

सूर्यविनायक नगरपालिकाको चौधौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा
पत्रकार सम्मेलन कार्यक्रम
मिति २०८०।०३।१३

नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन,२०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन,२०७४ बागमती प्रदेश सरकारबाट जारी नगरसभा संचालन सम्बन्धी कानून एवं अन्य कानूनी प्रावधान बमोजिम नगरसभाको चौधौं अधिवेशनबाट आ.व.२०८०/८१ को नीति, कार्यक्रम र बजेट स्वीकृत भएकोछ ।

दिगो विकास व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर को दीर्घकालीन सोच प्राप्तितर्फ उन्नमुख रही नगरप्रमुख श्री बासुदेव थापाबाट प्रस्तुत २१८ बुँदे नीति तथा कार्यक्रम एवं नगर उपप्रमुख श्री सरिता तिमसिना भट्टराईबाट प्रस्तुत १०९ बुँदे बजेट तथा कार्यक्रम नगरसभा बैठकबाट स्वीकृत भई नीति कार्यक्रम र बजेटको पूर्णपाठ सूर्यविनायक नगरपालिकाको वेवसाईट मार्फत सार्वजनिक समेत भई सकेकोछ । नीति, कार्यक्रम र बजेटमा समेटिएका केही प्रमुख प्रावधानहरुलाई यस प्रेसनोट मार्फत यहाँहरु समक्ष प्रस्तुत गरिएकोछ ।

– आम नागरिकले भेट्न, सुन्न र महशुस गर्न पाउने सबैभन्दा नजिकमा रहेको र सेवा प्रवाहको पहिलो जवाफदेहिता वहन गर्ने स्थानीय सरकारको रुपमा यस नगरपालिकाले आफ्ना नागरिकहरुको सर्वोत्तम हितलाई शीरमा राखी निर्वाचित हुनु अगाडि जनता सामु गरिएको प्रतिवद्धताहरु पुरा गर्ने दिशामा अग्रसर रहेको दस्तावेजको रुपमा नीति कार्यक्रम र बजेट प्रस्तुत भएको छ ।

– प्रस्तुत नीति तथा कार्यक्रले संघ, प्रदेश र स्थानीय तहको दीर्घकालीन तथा आवधिक योजनाले परिलक्षित गरेका विषयहरु एवं अन्तरष्ट्रिय रुपमा मुलुकले अनुमोदन गरेको दिगो विकासका लक्ष्यहरुको प्राप्तिको प्रतिवद्धतालाई मूल आधार बनाएकोछ ।

– अघिल्लो कार्यकालमा आम नगरवासीहरुको माग र आवश्यकता अनुसार भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखी लक्ष्यभन्दा निकै उपलब्धी हासिल गरिएको सर्वविदितै छ हाल आएर पूर्वाधार विकास र मानवीय विकासलाई संगसंगै लैजाने नीति अनुरुप कार्यक्रम र बजेट मानवीय विकास तर्फ परिलक्षित रकेकोछ ।

– सूर्यविनायक नगरपालिकाको आ.व.२०८०।८१ को लागि कुल रु.२ अर्व १० करोड ५० लाखको बजेट विनियोजन गरिएकोछ जसमध्ये पूँजीगत तर्फ रु.१ अर्व ११ करोड ९२ लाख ३३ हजार (५३.१प्रतिशत) र चालू तर्फ रु.९८ करोड ५७ लाख ६७ हजार (४६.८२ प्रतिशत) रहेको छ ।

– सूर्यविनायक नगरपालिकाको बजेटमा केन्द्र वा प्रदेशको अनुदानको तुलनामा आन्तिरिक आय वढी रहेको छ । कुल बजेटमा आन्तरिक आयको हिस्सा ५२.५८ प्रतिशत रहेको छ भने संघ प्रदेशको अनुदानको हिस्सा ४७.४२ प्रतिशत रहेकोछ ।

– आगामीआर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्व परिचालनबाट रु २८ करोड ९८ लाख घरजग्गा रजिष्ट्रेशनबाट रु ३८ करोड, चालू आर्थिक वर्षको बचतबाट रु ४० करोड, नगदलागत सहभागिता ३ करोड ७१ लाख ३८ हजार संघ र प्रदेशबाट प्राप्तवित्तीय समानीकरण अनुदान रु २१ करोड ६६ लाख७६ हजार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान रु ३८ करोड १२ लाख ९४ हजार, प्रदेशबाट प्राप्तविशेष अनुदान रु ५० लाख, संघ तथाप्रदेशको राजस्व बाँडफाँडबाट रु १५ करोड ५५ लाख७२ हजार, समपूरक योजनाकार्यान्वयनको लागिजिल्ला समन्वय समिति र प्रदेशबाट रु ६ करोड, सामाजिक सुरक्षाकार्यक्रमबाट १७ करोड, ३२ लाख २० हजार सडकबोर्डबाट रु ६३ लाखप्राप्तगरी स्रोत व्यवस्थापनगरिएको छ ।

– यस नगरपालिकाको स्वीकृत भू उपयोग योजनाअनुसार कृषि क्षेत्रमावर्गिकृत भूमिमा सम्पत्तीएवं भुमिकरमा ९० प्रतिशत छुट दिईने र अन्यआवासीयएवं व्यवसायिक क्षेत्रको हकमाजिल्लामालपोत कार्यालयकोमूल्यांकन दर कायम गरी समायोजन सहित सम्पत्ती र भुमिकर निर्धारण गरिनेछ । यस अघि कृषि क्षेत्रका रुपमा रहेका अधिकांशजग्गाहरु आवासीय र व्यवसायिक क्षेत्रमावर्गिकृत हुदां सम्पत्ती करको दरमा केही वृद्धि हुनगई आन्तरिक राजस्व परिचालमा सहयोग पुग्ने देखिन्छ ।

– कुल बजेटमा आन्तरिक आयको हिस्सा वढी हुनु र चालूको तुलमा पूँजीगत बजेटको प्रतिशत वृद्धि हुनुले सूर्यविनायक नगरपालिको वित्तीय अवस्थामा सकारात्मक सुधार भएको सन्देश प्रवाह भएको देखिन्छ ।

– सामुदायिक विद्यालयहरुमा प्रतिस्पर्धात्मक परीक्षा लिई प्रधानाध्यापक नियुक्तीको विषयले राष्ट्रिय रुपमा चर्चा पाई रहेको सन्दर्भमा शैक्षिक सुधारका लागि आगामी आ.व.मा कम्तिमा २ वटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय(ःयमभ िक्अजयय)िको रुपमा विकास गर्ने योजना रहेकोछ यस कार्यका लागि रु.१ करोड बजेट समेत विनियोजन गरिएको छ ।

– नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने उद्देश्लयले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल तथा ईन्जिनियरिगं विषय सहितको आंगिक क्याम्पस संचालनका लागि जग्गा प्राप्ति सहित अन्य प्रकृया अगाडि वढाईएको छ ।

– खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गर्दै वडा नं ९ रिखेटारमामा अन्तरिष्ट्रय स्तरको रंगशाला निर्माण तथा वडा नं ७ मा व्यवस्थित खेल मैदान निर्माणका लागि रु. ४ करोड बजेट विनियोजन गरिएकोछ ।

– नगरपालिका अस्पताल लगायत सवै स्वास्थ्य संस्थाको सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्ने, स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिने,बालमैत्री नगरपालिका घोषणा गर्ने, नगरवासीहरुको लागि निशुल्क शववाहन सेवा संचालन एवं नागरिकको स्वास्थ्य प्रति संवेदनशील रही अन्य विभिन्न क्रियाकलाप संचालनको लागि नीति गत एवं स्रोतगत सुनिश्चितता गरिएकोछ ।

– सूर्यविनायक नगरपालिकालाई च्याउ, कुरिलो, गोलभेडा, मासुजन्य उत्पादन र दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई मुलुका अन्य क्षेत्रमा समेत निकाशी व्यवस्थाका लागि नीतिगत र प्रकृयागत व्यवस्था मिलाईएकोछ जसबाट यहाँको आर्थिक क्रियाकलापमा बृद्धि हुनेछ ।

– आवासीय तथा व्यवसायिक क्षेत्रम वर्गिकृत जग्गामा समेत कृषि उत्पादन वृद्धिमा प्रोत्साहन दिन ५ वर्ष भन्दा वढी अवधिको लागि कृषि तथा पशुपालन कार्यको लागि करार सम्झौता गरिएको खण्डमा उक्त जग्गाको सम्पत्ती करमा छुट दिने व्यवस्था गरिएकोछ ।

– उद्यमीशिलताको विकासको लागि स्वरोजगार कोष, सरकारी नीजि तथा सहकारीको समन्वयमा आय आर्जन कार्यक्रम, प्राविधिक तालिमको व्यवस्था, व्यवसायिक क्षेत्रको सुदृढीकरण सामुदायिक वनमा पर्यटनको माध्यमबाट आय आर्जन जस्ता कार्यहरु अगाडि वढाईएकोछ ।

– विकासलाई विपदसंग मूलप्रवाहीकरण गरी विपद व्यवस्थापन गर्दै विपद र प्रकोप जोखिम न्यूनीकरण एवं तत्काल आईपर्ने विपद प्रतिकार्यका लागि व्यवस्थापन कोषमा रु.४ करोड रकम विनियोजन गरिएको छ ।

– पूर्वाधार विकासलाई दिगो वातावरण मैत्री बनाउदै नगर क्षेत्रमा निर्माण हुने संरचनाको उत्थानशीलताका लागि घर संरचना मापदण्ड निर्माण, भवन संहिताको कडाईका साथ पालना र प्रविधिको प्रयोगमा जोड दिईएकोछ ।

– नगर प्रमुख उज्यालो कार्यक्रमको प्रभावकारिता हेर्दे आगामी आ.व.समेत उक्त कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

– मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न नगरपालिकाको आन्तरिक स्रोतबाट रु.४ करोड ८० लाख र उपभोक्ताबाट साझेदारी ३ करोड २० गरी रु. ८ करोडको लगानीमा सूर्यविनायक वृहत सूर्यविनायक खानेपानी आयोजना विशेष समिति गठन भई कार्य प्रारम्भ गरिएकोमा आगामी आ.व.भित्र उक्त कार्य पुरा गरिने छ । जसबाट यस नगरपालिकाको वडा नं १ देखि ६ सम्म मेलम्ची खानेपानी वितरण हुने निश्चितछ ।

– फोहरमैला व्यवस्थापनका लागि निजी क्षेत्रसंगको साझेदारीलाई थप प्रभावकारी बनाई स्रोतमा नै फोहर वर्गिकरण गर्न आवश्यक स्रोत र साधन व्यवस्थापन भएकोछ ।

– महिला, बालबालिका, अपागं र जेष्ठ नागरिकहरुलाई कानूनी साक्षरता, रोजगारी सृजना, र आत्मसम्मान अभिवृद्धिका क्रियाकलाप संचालन हुनेछ।

– सरकारी, निजी क्षेत्र र सहकारीको समन्वयमा विभिन्न सामाजिक तथा आर्थिक विकासका क्रियाक्लाप संचालन गरी रोजगारी अभिवृद्धि गरिएको छ ।

– जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा विशेष जोड दिईने नीति कार्यक्रम र बजेटमा सुनिश्चितता गरिएको छ ।

– प्रविधिको प्रयोग गरीसेवा प्रवाहलाई छिटो छरितो झंझट रहित बनाउन आवश्यक नीति तर्जुमा र बजेट व्यवस्थापन गरिएको छ ।

– हाम्रो कर हाम्रै विकासको भर भन्ने नारा सहित राजस्व सुधार योजनामा उल्लेख भए बमोजिम करको दायरा वृद्धिका लागि व्यवसाय दर्ता अभियान, घर वहाल स्वयं घोषणा अभियान तथा राजस्वका नयाँ स्रोतहरुको पहिचान एवं प्रवर्धन हुनेछ ।

– सार्वजनिक सेवालाई व्यवसायिक, प्रविधिमैत्री, जनमुखी, पारदर्शी, उत्तरदायी चुस्त र प्रभावकारी बनाउदै दिगो विकास, सुशासन र समृद्धिलाई संस्थागत गर्नका लागि नीति कार्यक्रम र बजेटमा आवश्यक व्यवस्था मिलाईएको छ ।

– संचार क्षेत्रमा क्रियाशील मिडियाकर्मीहरुको सुझाव बमोजिम पहिलो पटक मेडिया क्षेत्र परिचालन नीति तर्जुमा सहित रु.२५ लाख बजेट समेत विनियोजन गरिएको छ । नगर क्षेत्रमाक्रियाशील संचारकर्मीहरुको विचमा आवश्यक समन्वय र सहयोगको लागि नगर स्तरीय संचार डेस्क गठन हुनेछ ।

आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न क्षेत्रहरुका लागि क्षेत्रगत रुपमा विनियोजन गरिएका महत्वपूर्ण शिर्षकहरुको बजेट तपसिल बमोजिम रहेको छ ।

नगरपालिकाको आ.व.२०८०।८१ कुल बजेट विनियोजन अवस्था

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर