यू- १६ लिग फुटबल असार ३० गतेदेखि

काठमाडौँ, ११ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको एन्फाले जनाएको छ । 

यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले खेलाडीको नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि एन्फाले असार २५ गते खेल तालिका प्रकाशन गर्नेछ । एन्फाले यू-१६ लिगको तयारीका लागि सहभागी क्लबहरुलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

खेलाडीहरुको अध्ययनलाई ध्यानमा राखी यू-१६ लिगका खेलहरु शुक्रबार, शनिबार वा सार्वजनिक विदाको दिन पारेर खेलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना