नेपाली क्रिकेट टीमलाई अध्यक्ष ओलीले भने: ‘सँगै खाना खानेगरि भेटौँला’

काठमाडौँ, १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वकप छनोट प्रतियोगितामा नेपाली खेलाडीले मेहनत गरेर खेल्दा पनि नतिजा आफ्नो हातमा पार्न नसकेको बताएका छन् ।

विम्वाबेमा हिजो नेदरल्याण्डसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने यात्रामा पूर्णविराम लागेको छ । सोही प्रशंगमा अध्यक्ष ओलीले आफ्नो पक्षमा नआएपनि निरास नहुन आग्रह गरे । उनले नेपाली टीम नेपाल फेर्केपछि सँगै खानेखाने गरी भेट्ने समेत बताए ।

उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘यात्रा जारी छ । हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरें । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरें । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शीशु । कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन । परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय