मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन

थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा छ वर्षपछि सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’मार्फत रङ्गमञ्चमा प्रस्तुत भएका छन् । “चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको छु । आज र भोलि भन्दै छ वर्ष बितिसकेछ । समय मिलाएर नै यसपटक अभिनय गरेको हुँ”, अभिनेता सापकोटाले भने, “केही मञ्चनमा निर्देशन गरे पनि प्राप्त सुझावका आधारमा कलाकार बनेको हुँ । यहाँबाट फेरि केही सिकेर फर्किंने छु ।”

थिएटरबाट नै अभिनयको सुरुआत गरेर भारतीय चलचित्र ‘बर्फी’ मा अभिनय गरिसकेका अभिनेता सापकोटाले रङ्गमञ्च आफ्ना लागि अभिनयको ऐना रहेको बताए । उनले भने, “यहाँ काम गर्दा आफूलाई चिन्न र बुझ्न पाइन्छ । व्यावसायिक दबाबभन्दा पर रहेर काम गर्दाको आनन्द छुट्टै छ ।” निर्देशक खनालले तीन पात्रको भेट भएपछिको कथा नाटकमा प्रस्तुत गरिएको जानकारी दिए । “तीन पात्र मात्र नाटकमा छन् । उनीहरूकै यात्रा र त्यहाँ निम्तिने घटना क्रममा नाटक आधारित छ”, उनले भने । असार ८ देखि साउन १४ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेता सापकोटासँगै रेणु योगी र गोविन्द सुनारले अभिनय गरिरहेका छन् ।

त्यस्तै, मण्डला नाटकघरकै अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’ को ११ औँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको ‘कोराघाट’ कुमार नगरकोटीले लेखेका छन् । कोराघाट नाटकको कथा ‘कोराघाटका कियापुत्रीहरू’ मा आधारित छ । कमलमणि नेपालले निर्देशन गरेको यो नाटक असार २१ गतेसम्म मञ्चन हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको