ॐ पृथ्वीदेव्यै विद्महे सहस्रमूर्तयै धीमहि तन्नो पृथ्वी: प्रचोदयात् ॥
परिचयः
धर्तिमाता हाम्री महाजननी हुन । उनलाई भुमिदेवी र पृथ्वी माता पनि भनिन्छ । धर्तिमाता आदि देवी र महादेवी पनि हुन । उनी नै यो घरतिकी जेठी र पहिली देवी हुन । उनको निगाहले नै यो पथ्बीमा जीवन सम्भव भएको हो । धर्तिमाता जीवित देवी पनि हुन् । यो धर्तिका सबै जीव जन्तु, किट पतंग, बोट बिरुवा सबै धर्तिमाताकै बरदान हुन् । पहाड, ढुंगा, माटो, पानी, हावा लगायत सवै पन्चतत्वहरु संधै आफ्ना गति र दिशामा सदैव चलिरहेको हुन्छ । सबै अनाज, फलफूल र बोटविरुवा यही धर्तिमा उम्रिन्छन । माताको लिला अपारम्पर छ । दश दीक्पालहरुले रक्षा गरिएकी धर्तिमाता लाई कोटी कोटी प्रणाम छ ।

बराह भगबानले समुन्द्रको गर्भबाट उद्धार गरि अर्र्धािगनीका रुपमा अपनाईएकी धर्ति माता सबै मानव लागायत जीव, जन्तु, पशुपंछी, बोट विरुवाहरुकी जननी हुन । उनकी माता समुन्द्र र पिता आकाश हुन । धर्तिमाताका छोराहरु नरकासूर र मंगल हुन भने छोरी सीता हुन भनि पुराणहरुमा चर्चा गरिएको छ ।
धर्तिमाताको कथाः
एक बहुत धर्मात्मा ब्रहाणी थिईन । उनको सुखी र खुशी परिवार थियो । माता नगएको तिर्थ र उनले नलिएका बर्त विरलै थिए । दान धर्म र दुखी गरिवको सेवा पनि असाध्य नै गर्दथिन । सवै गाउलेहरुले उनलाई आदार सम्मान गर्दथे ।
उनको अचानक मृत्यु भएछ । उनि यसलोकमा गई बैकुण्ठ जाने बाटो सोध्छिन । उनलाई चित्र गुप्तकोमा लगिन्छ । उनी जव यमराजको द्धारमा पुगिन उनलाई ससम्मान आशनमा राखिएछ । जलपान र मिष्ठान्न भोजन पनि खुवाएछन । उता यमदुत चित्रगुप्त सवैको कर्मको बहिखाना हेरि यसराजलाई जाहेरी गर्ने र यमराजले कर्म अनुसार स्वर्ग र नर्क तिर छुट्याईराखेका हुन्थे ।सबैको कर्म अनुसारको फल दिएको देखेर आमाको दिन गएको पत्तै भएनछ । अनि अन्त्यमा आमाको पालो आयो । आमाका कर्म, तिर्थ, ब्रतले बहिखानाका धेरै पत्ताहरु भरिएका थिए । तर बहिखानामा उनले धर्तिमाको दर्शन गरेको र उनको कथा सुनेको प्रमाण पनि भेटिएन । त्यसैले यसराजले उनलाइ बैकुण्ड जाने बाटो खोलिदिन सकेनन । उने ती आमालाई फेरि सात दिनको म्याद थप गरि पृथ्वीमा फिर्ता पठाई दिए ।

उनी पुन पृथ्वीमा फकिईन । सबैजना हर्षले विभोर भए । उनले सपरिवार पीपलको बोट मुनी बसी ७ दिन सम्म धर्तिमाका कथा सुनेर धर्ति माताको पूजा आराधाना गरिन । उनलाई ७ दिन पछि यमराजको बोलावट आयो र पुन यमराजकोमा गईन । यमराजले बैकुण्ड लोकको बाटो खोलिदिनु भयो र श्री हरीको चरणमा शरण पाउनु भयो ।
यसरी धर्तिमाताको कथा सुनी विधिपुर्वक पूजा आरधाना गरेमा जानी नजानी गरेका सवै पाप धर्तिमाताले हर्ने छिन र धर्तिको रिण चुक्ता भई बैकुण्डमा श्री हरिका चरणमा बास पाउने छन् भन्ने मान्यता रहेको छ ।
स्थान
संखुवासभा जिल्लाको पांचखपन नगरपालिका वडा नं. ७ मा धर्ति माता साक्षात रुपमा विराजमान छिन । धर्तिमाताको पाउ हिउंगाको काख लुडथुडमा अवस्थित छ । खास गरि लुडथुडको अर्थ पवित्र पाउ वा भगवान पाउ हो । यसलाई स्वर्गको बगैचा पनि भन्ने गरिन्छ । स्थानीय तामाड समुदयले लुडथुडलाई जम्बुलिड भन्दछन । जसको अर्थ सबै पाणी र बनश्पतिहरुको बासस्थान भन्ने हुन्छ । अध्ययन अनुसन्धानको अभावमा उक्त पवित्र तिर्थस्थलको पहिचान र पचारप्रसार हुन सकिरहेको छैन । धर्तिमाताको नियमित पूजा आराधानाको अभावमा उक्त स्थानका आसपासका क्षेत्रमा बर्षेनी बाढी पहिरोले सताउने गरेको छ । आवश्यक पूर्वाधार र प्रचार प्रसार भए उक्त धार्मिकस्थलमा बर्षेनी लाखौ श्रद्धालु भक्तजनहरुले दर्शन गरि पूण्यलाभ लिने अवसर प्राप्त गर्नेछन् ।
हिउ खोलादेखि करिव २५०० मिटर अर्थात लगभग ८००० फिट उचाईको विहिबारे डाडा सम्म एउटै ढुंगा भएको विश्वास गरिन्छ । बिभिन्न भुकम्पहरुमा पनि कुनै असर नपरेकाले यो भनाईमा सत्यता देखिन्छ । यसलाई हामी सन्सार कै सबैभन्दा अग्लो मुर्ति मान्न सक्दछौं ।

मेलापर्व तथा पूजा आराधाना
माता तिर्थ औशीको दिनमा धर्तिमाताको पूजा गरिन्छ भने मुर्ति भएको ठाउंमा मेला लाग्छ । साथै नुवागी खाने दिन र विजय दशमीको दिन खेति वाली लगाएको स्थान र धर्तिमाताको मूर्ति भएको स्थानमा श्रद्धालु भक्तजनहरुले धर्तिमाताको पूजाआराधना गर्दछन । राम्रो अन्न तथा फलफूलको उत्पादन होस, पशुपंछिहरु राम्रो हुन । आदिबेहरी, बाढीपहिरो, भुइचालो र अशिना नपरोस । फसल उठाउन पाइयोस । सन्तान प्राप्त होस । जान अनजानमा गरिएका सवै पापहरुको हरण होस । भुमिको रिणबाट मुक्ति मिलोस । यो लोक बाट मुक्ति पाई बैकुण जाने बाटो खुलोस भनि पूजाआरधाना गरिन्छ ।
भूमिराजको दिन पृथ्वी रजस्वला भएकी हुन्छिन भन्ने मान्यता भएको हुनाले खोस्रिन र खनजोत गर्न मनाही गरिएको छ । खास गरि असार ८ गते बर्षकै सबैभन्दा लामो दिन दिन पनि हो ।
पूजा विधिः
सामान्यतया धर्तिमाताको तीन ठाउंमा पूजा गरिन्छः, पाउंमा, हातमा र शिरमा । पाउमा पाउजु, हातमा चुरा तथा शिरमा ऐना र काईयो चडाइन्छ । यसका साथै विउ विजन, विरुवा, पशूपंछिरु प्नि चढाउने गरिन्छ । तर बली दिन मनाहि गरिएको हुन्छ । त्यहां हांस परेवा र बोका पाठी चडाइन्छ र सकेसम्म त्यही पालिन्छ भने अन्य भक्तजनहरुलाई पाल्न दिईन्छ ।

धर्तिमाताको निगाहबाट नै यो धर्तिमा जीवन सम्भव भएकाले यो लोकमा शान्ति तथा अमनचयन र परलोक प्राप्तिका लागि हामी सबैले धर्तिमाताको दर्शन र कथा श्रवण सबैभन्दा महत्वका साथ गर्नु आवश्यक छ ।
समुद्र-वसने देवि, पर्वत-स्तन-मंडिते ।
विष्णु-पत्नि नमस्तुभ्यं, पाद-स्पर्शं क्षमस्व मे ॥
तेजबहादुर ढकाल
काठमाडौँ






