‘रबि लामिछानेप्रति जनताको बुझाइ’

आज आफन्तको ब्रतबन्ध कार्यक्रमबाट म मेरी दिदीको छोरी र छोरीको सासू घर फर्किदै थियौ । आफन्तको घरबाट अलि पर थियो बस स्टप हामी हिडिरहेका थियौ । त्यसै क्रममा छोरीको सासुले चिनेको एक जना दाइ गाडीमा आउँदै हुनुहुँदो रहेछ । हामीलाई रोक्नु भयो ।

हामी गाडी भित्र पस्दै गर्दाको सम्बाद:

गाडिवाल दाइ : छेउमा झण्डा छ, अलि यता बस्नुहोला
म : झण्डा ठुलै रैछ के थियो र आज ?
गाडिवाला दाइ: घन्टीको प्रचार थियो आज
म: ए…व्यापक प्रचार हुँदैछ है घन्टीको ?
गाडिवाला : हो हुँदै छ अब ८४ मा घन्टी बजाउनुपर्छ
म: दाइ रबिको घन्टी मन्दिरमा बज्ने घन्टी होकि जङ्गलमा ?
गाडिवाला : कहाँ जङ्गल हुनु मन्दिरमा होनि
म : अब के जनताले परिवर्तन चाहेकै हो त ?
गाडिवाला : हो जनताले चाहेकै छ्न्, अब तपाईंहरु जस्ता युवा लाग्नु पर्छ
म : हामी त के लाग्नु उहीँ चुनाब आउँदा एउटा भोट दिने त हो जस्लाई दिए पनि
गाडिवाला : अब तपाइहरु सङ्ग बोलचाल भयो नम्बर दिनुस । तिनै जनाको हामी कमिटी गठन हुने बेला बोलाउँछौ
म : म त भक्तपुरको के काम र मेरो नम्बर
गाडिवाला : भक्तपुरमा सन्तोष परियार छ्न् सांसद
म : खै म त केही अस्तित्व देखिन त सन्तोष परियारको
गाडिवाला : अस्तित्व नराख्नु आफ्नो बिचार होनि तर घन्टीले गर्छ अब सबै कुरा
म : दाइ हजुरले अघि भन्नुभयो जनताले परिवर्तन चाहेको छ भन्नु भएको हैन ? ६२, ६३ मा पनि जनताले परिवर्तन चाहेर जङ्गलको प्रचण्डलाई सहरमा ल्याई शासन गर्न सबै हाम्रा बा आमा आफन्त तपाईं हामी सबै लागेको हैन र ? के परिवर्तन पाए त जनताले १७००० हजारका आसुले न प्रचण्ड खुशी छ, न देश र जनतलाइ खुशी राख्न सकेको छ । अब भन्नुस् त के अब रबिलाई नि यसै गरि बिश्वासले आँखा चिम्लिएर शासन गर्न दिएमा कता जान्छ त यो देश ?
गाडिवाला : त्यो प्रचण्ड जस्तो हतियारा जनता मारा हैन रबि बैनी
म : दाइ उसो भए सम्भु थापाको केश के हो त ? पुडासैनीको घटण के हो त ?
गाडिवाला : रबिले मारेको हैन त्यो
म : कस्ले मारेको त तिनिहरुलाई ?
गाडिवाला : रवि घरमा थिएन्न सायद रबिको घरमा बस्ने बडिगार्ड पुलिसले होला
म : यति सजिलै यो केशलाई बिर्सन सकिएला त ? त्यो ठाउमा काङ्ग्रेस एमालेको भनौं कुनै साधरण जनताको घरमा भएको भए घटनाले कस्तो मोड लिन्थ्यो त ? के रबि पावरफुलै हुन त ?
गाडिवाला : कुरा मोर्ड्दै केही गर्छ रबिले यो देशमा विकास हुन्छ
म : के गर्छ रबिले दाइ ? दाइ मलाई भनुसन हामीलाई त यस्तो राजनीति खासै थाहा हुन्न तर पनि सामाजिक सन्जाल तिर देखिन्छ । यसो हेर्ने मात्र हो । मलाई धेरै पर्दैन दाई रबिका २, ४ वटा एजेन्डा भनिदिनुस् न रबिको । जस्ले यो देश परिवर्तन गर्न सक्ने खालको पुराना दलहरुको हुबहु एजेन्डा हैन । नयाँ केही सुनाउनुसन हामीलाई ।
गाडिवाला: त्यहाँ पछाडि माइन्ट पनि छ के के छ, त्यहाँ एजेन्डाहरु ?
म : रबिको दल एजेन्डा मै कन्फुज छ, परिवर्तन के चै गर्ने भन्ने कुरा मै अलमल छ, उद्देश्य स्थिर छैन, भिजन केही छैन, देशलाई नै जितेर हिड्न सक्ने एक युवा माथी यति ठूलो बिश्वास बोकेर हिडेका छ्न् । आज जनता खै कहाँ गएर बिन्दु लाग्छ, थाहा छैन दाई
गाडिवाला : ८४ सम्म हेरै केही नभए केही विकल्प होला
म : ८४ पनि केही नभए हर्क मेयर साबले बालेनसङ्ग मिलेर पार्टी खोल्ने भन्ने कुरा ऋषि धमलासङ्ग भन्दै थिए ८४ पछि त्यहाँ पार्टी पछि कुद्ने होला है दाई
गाडिवाला : अब तेहि त होला नि बैनी
म : तर जे भने नि रबि नयाँ जोगि हुन् । सामाजिक संजालमा भाइरल भएर सबै पछि लागे कामको मेसो केही देखिएको छैन दाइ । यो जनतालाई भ्रम छर्ने खेती हुँदैछ । हामीले त के भन्ने दाइ । चुनाब आउँदा एउटा भोट हाल्ने त हो रु जस्लाई हाल्ने नि तर बिचार पुराउनु होला दाई । हामीलाइ त राजनीति बारे केही थाहा छैन । कुरा हुँदै गर्दा हामी झर्ने ठाउँ आयो
म : हामी यहि झर्छौ दाई
गाडिवाला : नम्बर भए सजिलो हुन्थ्यो कार्ड बनाउन पनि
म : चुनाव आउँदा हामी भोट घन्टिमै हालौला । हामीलाइ सदस्यता कार्ड बनाउनु पर्दैन दाई
गाडिवाला : चुपचाप
हामी : पनौतिको गाडी चडी बनेपा तिर फर्कियौ ।

अब ल बुझ्नु घन्टिको २ लाख, ३ लाख सदस्यता कार्ड रु यसरी जस्को पायो उसैको नम्बर पाएमा कार्ड बनाएदिएर दुई दिनको पपुलार्टिले धेरै टिक्दैन । अर्को कुरा घण्टीका समर्थन कार्यकर्ता अनुयानिहरुलाई घन्टिको एजेन्डा के के हो भन्ने नै थाहा छैन । बताउन सक्दैन नयाँ एजेन्डा होस पो त बताउन बिचराहरु कुदेका छ्न् । घन्टी घन्टी भन्दै एउटी टिकटकमा भगटे आन्टी भन्ने थिइन । उनले आफू गतिछाडा भएर टिकटक तिर भाइरल भइन । हेर्ने त्यसै भाइरल गराइ दिने युटुबे पत्रकार, त्यस्तै सबै उसैका पछि लागेका थिए । यतिकी उनी आन्टिको लाईभमा कम्तिमा नि ८, ९ हजार मान्छे आन्टिको लाईभमा जान्छ्न् । के को लागि लाईभ हेर्न जान्छ्न होला रु पक्कै पनि केही शिक्षा त पक्कै पाउँदैन्न त्यो लाईभ हेरेर मात्र जान्छ तिनी आन्टी भाइरल भएकी थिइन । टिकटकमा सामाजिक सन्जालमा पनि मात्रै कारण थियो पछाडी भाइरल त्यसैले सामाजिक सन्जालमा भाइरल हुँदैमा उसबाट पाउने कुरा राम्रै हुन्छ्न् भन्ने हुन्न त्यसैले रबि भाइरल कै कारण मात्रै सबै अन्नधोन्न भएर पछि परेको आभास हुँदैछ । चिनौं, बुझौं अनि मात्रै रोजौं ।

तृष्णा खड्का

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६